नेपाल आइडलको टोली भोलि नेपाल फकिँदै

काठमाडौं, पुष २३ । जापान टुरमा रहेको ‘नेपाल आइडल सिजन-२’ को टोली भोलि (मंगलबार) नेपाल फर्किने भएको छ । यही पुष १६ गते जापान उडेको आइडलको टोली भोलि साँझ नेपाल फर्किने भएको हो ।

नेपाल आइडल सिजन-२ का विजेता रवि ओड, फस्र्ट रनरअप बिक्रम बराल, सेकेण्ड रनअप सुमित पाठक, थर्ड रनरअप अस्मिता अधिकारी र टप फाइभमा पुग्न सफल अमित बरालले जापानको टूर गर्न पाएका थिए । जापानपछि आइडलको टीम अष्ट्रेलिया टूरमा निस्कीने नेपाल आइडलका पोजेक्ट हेड सुरेश पौडेलले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!