बिक्रम बराल नेपाल आइडलको ‘टप फोर’ मा, अमित बाहिरिए

काठमाडौं, मंसिर २१ । बिक्रम बराल एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको ‘नेपाल आइडल सिजन २’ को ‘टप फोर’ मा पुग्न सफल भएका छन् । उनी दर्शकको भोटका आधारमा ‘टप फोर’ मा पुग्न सफल भएका हुन् । यस्तै, आज (शुक्रबार) बुटवलका अमित बराल बाहिरिएका छन् ।

यो सँगै नेपाल आइडलको ‘टप फोर’ मा पुग्ने प्रतिस्पर्धीको टुंगो लागेको छ । रवि ओड, बिक्रम बराल, सुमित पाठक र अस्मिता अधिकारी ‘उत्कृष्ट ४’ मा पुग्न सफल भएका छन् ।

आइडलको प्रतिस्पर्धा झन्झन् रोमाञ्चक बनिरेको छ । नेपाल आइडलको पछिल्ला हरेक कार्यक्रम विशेष बनिरहेका छन् । आइडलको जजमा न्ह्यु वज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बास्कोटा छन्।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!