प्रचण्डको अर्को पहल, ९ करोडमा बन्ने भयो राप्ती पुलसम्मको सडक

काठमाडौं, मंसिर २० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डको पहलमा चितवनको भरतपुर–माडी–ठोरी हुलाकी सडकको मूख्य क्षेत्र पकौडी चोकदेखि जगतपुर राप्ती पुलसम्मको सडक स्तरोन्नती हुने भएको छ ।

चितवन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य प्रचण्डको पहलमा पटिहानीको पकौडी चोकदेखि जगतपुर राप्ती पुलसम्मको सडक स्तरोन्नतीका लागि अर्थ मन्त्रालयले ९ करोड ७५ लाख रुपैयाँसमेत निकासा गरिसकेको छ ।

गएको मंसिर १३ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार सो रकम निकासा गरिएको हो । चालू आर्थिक वर्ष भित्रै ९ करोड ७५ लाख रुपैयाँको सीमाभित्र रही प्रक्रिया पुर्‍याई ठेक्का व्यवस्थापन गर्न अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र पठाएको छ ।

प्रचण्ड चितवनबाट निर्वाचित भएपछि केन्द्रीयस्तरको बजेट जिल्लामा बढ्दै गइरहेको छ । चितवनका धेरै स्थान मध्ये पश्चिम क्षेत्रका सडकहरु निकै जिर्ण रहेका थिए । पछिल्लो समय पश्चिम क्षेत्रको सडक स्तरोन्नती हुँदै आइरहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!