धनाड्य अम्बानीले बनाए छोरीका लागि ४५२ करोडको महल !

एजेन्सी । भारतका धनाड्य मुकेश र निता अम्बानीकी छोरी ईशाको विबाहको तयारी सुरु भएको छ । उनलाई बिवाहपछि बस्नका लागि महल समेत तयार गरिएको छ । भारतीय मिडियाका अनुसार ईशाको विवाह १२ डिसेम्बरमा आनन्द पिरामलसँग हुँदैछ । बिवाहपछि बस्नका लागि सी फेसस्थित भव्य महल तयार गरिएको छ ।

यो सन् २०१२ मा ४५२ करोड भारतीय रुपैयाँमा खरिद गरिएको जनाएको छ । जुन यस अघि हिन्दुस्तान युनिलिभरसँग रहेको थियो । यो महल ५० हजार बर्गफिटमा रहेको छ । पाँचतले यो महललाई आनन्दका आमाबुवा स्वती र अजय पिरमलले छोराबुहारीलाई उपहार दिन लागेको जनाएको छ ।

अजय पिरमल संसारभरी १० अर्ब डलरको कारोबार गर्दै आएका छन् । उनी फर्मास्यूटिकल, फाइनान्सियल सर्भिसेज, रियल स्टेट, आईटी र सीसाको कारोबार गर्छन् ।

हिन्दुस्तान युनिलिभरबाट सन् २०१२ मा खरिद गरिएको यो महल सन् २०१५ मा पुनःनिर्माण गरिएको थियो । यसको सबै निर्माण कार्य सकिएको र आन्तरिक सजावट भइरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!