पुनले पाए कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी

काठमाडौं, मंसिर १५ । राष्ट्रपति विद्यादेवी भण्डारी पाल्याण्ड भ्रमणमा गएपछि उपराष्ट्रपति नन्दबहादुर पुन ‘अनन्त’ले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी पाएका छन् ।

पोल्यान्डमा हुने जलवायुसम्बन्धी सम्मेलन (कोप २४) मा सहभागी हुन प्रस्थान गर्नुअघि भण्डारीले आफ्नो अनुपस्थितिमा पुनलाई संविधानबमोजिम राष्ट्राध्यक्षको कार्य सम्हाल्ने जिम्मेवारी दिएकी हुन् ।

राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा २ बमोजिम उपराष्ट्रपतिबाट सम्पादन गर्ने गरी तोकिएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमा जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!