वाईफाई नेटवर्क खोज्दै हिँडेका एकजनाको लडेर मृत्यु !

तेह्रथुम, मंसिर १५ । मोबाइल फोनमा वाइफाइको नेटवर्क खोज्दै हिँडेका एकजनाको मृत्यु भएको छ । बिहीबार बेलुका मोबाइलमा वाईफाईको नेटवर्क खोज्दै हिँडेका म्याङलुङ नगरपालिका–९ साब्ला बस्ने १८ वर्षीय महेन्द्र तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

वाईफाई नेटवर्क खोज्दै हिँड्दा उनी १५ फिट तल खसेर घाइते भएका थिए । उनलाई उपचारका लागि सुरुमा जिल्ला अस्पताल तेह्रथुम लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि सुनसरीको धरानस्थित घोपा क्याम्पतर्फ पठाइएको थियो । उपचारको क्रममा तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!