ब्रेकिङः भारतद्वारा सीमामा थप कडाई, १५४ नयाँ एसएसबी पोष्ट स्थापना गरिने, जग्गा अधिग्रहणका लागि बजेट निकासा

सबैभन्दा बढी सुरक्षा चौकी लुम्बिनी सीमा क्षेत्रमा स्थापना हुने

काठमाडौं, भारतले नेपालसँग जोडिएको सीमा क्षेत्रमा झन कडाई गर्ने भएको छ ।

सीमा क्षेत्रलाई थप कडा गर्न भारतले नेपालसँग जोडिएको ५६० किलोमिटर क्षेत्रमा एक सय चौपन्न वटा सुरक्षा बर्डर आटपोष्ट स्थापना गर्ने निर्णय गरेको छ ।

सीमा सुरक्षा बलका चौकी स्थापनाका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गर्न समेत केन्द्र सरकारले निर्देशन दिएको छ । भारतको गृह मन्त्रालयले भूमि अधिग्रहणका लागि २९ करोड २७ लाख ८३ हजार ३२३ रुपैयाँ विनियोजन गरेको छ ।

यतिमात्र होइन उत्तर प्रदेशका प्रमुख सचिवले पनि सीमावर्ती जिल्लाका जिल्ला प्रमुख अधिकारी र प्रहरी प्रमुखलाई पत्र लेखेर भूमि उपलब्ध गराउन निदेर््शन दिएका छन् ।

भारत र नेपालको सीमावर्ती जिल्ला महाराजगञ्ज, सिद्धार्थनगर, बलरामपुर, लखिमपुर खीरी, बहराईज र श्रीवस्ीका सबै जिल्ला प्रमुख अधिकारीलाई पत्र लेख्दै उत्तर प्रदेश सरकारका प्रमुख सचिव मनोज बर्माले गृहमन्त्रालयको निर्देशनानुसार बोर्डर आउटपोष्ट स्थापना गर्नका लागि भूमि अधिग्रहण गर्न निर्देशन दिएको जागरण दैनिकले उल्लेख गरेको छ ।

यसरी नयाँ स्थापना हुने सीमा सुरक्षा बलका चौकीहरु सबैभन्दा बेसी रुपन्देही र कपिलबस्तुसँग जोडिएको सीमा क्षेत्रमा निर्माण हुने छन् ।

सम्बन्धित् समाचार  शक्तिशाली बन्दै सी, आजीवन पदमा बस्न सक्ने

सिद्धाथनगरको सेमरथवा, नरकुल, बानगंगा, खुनवा, पोखरभिटवा, कपिसहवा, चरिगांव, लीलाडिहवा, भुसौला, झगटी र ठोठरी बाजारमा नयाँ चौकी स्थापना हुने भएका छन् ।

लुम्बिनी भारत र चीनका लागि साझा रणनीतिक क्षेत्र रहेको सन्दर्भममा सिद्धार्थनगरमा यति बढी सीमा सुरक्षा बल भित्रिने कुरालाई सामान्यरुपमा लिन भने सकिँदैन । लुम्बिनीमा अहिले अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढेको र चीनसँग जोड्ने रेलमार्गको समेत काम अघि बढेको छ ।

भारतले आतंकवादीहरुको प्रवेस, अवैध हतियार, लागु पदार्थको तस्करी जस्ता विषय देखाएर सीमा क्षेत्रमा आफ्नो सुरक्षा उपस्थिति बढाउँदै गएको छ । सुरक्षा कुटनीतिज्ञहरु भने भारतका लागि चीनको खतरा सधैं रहेकोले सीमा क्षेत्रमा सुरक्षा बढाएको टिप्पणी गर्दछन् ।

अहिले स्थापना हुने १५४ चौकीसँगै नेपाल र भारत सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीको बलियो उपस्थिति हुने भएको छ । नेपालका तर्फबाट भने सीमा सुरक्षा रणनीतिका बारेमा खासै गृहकार्य भएको देखिँदैन ।

Feature Image: SSB Force at Rupaidiha Border Post

कमेन्ट गर्नुहोस्

%d bloggers like this: