चीनमा मजदूरलाई पिसाब खुवाउने कम्पनी मालिकलाई जेल

बेइजिङ । चीनमा एउटा नीजि कम्पनीले मजदूरमाथि अत्याचार गर्ने विषयले चर्चा पाएको छ ।

चिनियाँ स्टेट मिडियामा प्रकाशित समाचार अनुसार, चीनको एउटा होम रिनोभेसन कम्पनीका मजदूरमाथि अमानवीय यातना दिइएको हो ।

उक्त कम्पनीले काम पुरा नगर्ने मजदूरलाई जबर्जस्ती पिसाब खुवाउनेदेखि लिएर साङलासम्म खुवाउने गरेको थियो । कतिपयलाई बेल्टले पिटिएको समेत मिडियाले उल्लेख गररेको छ ।

चाइनिज स्टेट मिडियाले यससम्बन्धी तस्वीर र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेको थियो ।

अत्यन्तै पाशविक यातना दिइएका तस्वीरहरु अहिले सार्वजनिक भएका छन् । कतिपय मजदूरलाई ट्वाईलेटको बाउलमा पानी लिएर दारी बनाउनु परेको छ ।

ग्वाङझूको दक्षिण पश्चिम प्रान्तमा कम्पनी छोडेर भागेको केही मजदूरले राज्य मिडियामा उक्त यातनाको खुलासा गरेका हुन ।

कम्पनीका तीनजना प्रबन्धकलाई अपमान गरेको र यातना दिइएको आरोपमा १० दिनको जेल सजाय सुनाइएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  माओवादीद्वारा दुई सांसदको हत्या
%d bloggers like this: