देउसी खेल्ने क्रममा झडप, नौ घाइते, १० पक्राउ

बाँके जिल्लाको जानकी गाउँपालिका–५ बनिया गाउँमा देउसीभैलो खेल्ने क्रममा विवाद हँुदा दुई पक्षबीच भएको झडपमा नौ जना घाइते भएका छन् ।

गए राति १० बजेतिर भैलो खेल्ने क्रममा मदिरा सेवन गरेका दुई युवा समूहबीचको विवाद कुटाकुटमा परिणत भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण पौडेलले बताए । प्रहरीले सो घटनामा संलग्न १० युवालाई नियन्त्रणमा लिएको थियो ।

झडपमा घाइते भएका नौ जना नेपालगञ्ज मेडिकल कलेजमा उपचार गरी घर फर्किएका छन् । उक्त गाउँका युवाले मदिरासँगै लागुऔषधसमेत सेवन गरी बेलाबेलामा स्थानीयवासीलाई दुःख दिने गरेको गाउँका अगुवाहरूले बताए ।

Feature Image: Symbolic

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  मधेसी दलहरुसँग पनि सहमति, देउबा निर्वाचित हुँदै
%d bloggers like this: