परदेशिको वेदना समेटिएको तिहार विशेष गित बाटो पर्खेरको म्युजिक भिडियो बजारमा

काठमाडौ। डि.आर मुभिज एण्ड फिल्म इन्ड्रस्टिज प्रालिले डि.एन दाहाल (धनपती)को प्रस्तुतिमा तिहार विशेष गित बाटो पर्खेरको म्युजिक भिडियो बजारमा ल्याएको छ।

चर्चित लोक गायिका गिता देबि र गायक जे गौतमको स्वरमा सजिएको गितले परदेशमा रहेको नेपालीहरु चाडबाडमा समेत घर जान नपाउदाको मर्म समेटेको छ।डि.एन दाहालको शब्द संकलन रहेको उक्त गितको लय संकलन एवम् भिडियो परिकल्पना जे गौतमले गरेका हुन। जे गौतमको यो गित संगै साङ्गितक छेत्रमा एक दशक पछी पुनः आगमन भएको छ।

काभ्रेको बनेपा,पनौती एवम् बेथानचोक गाउँपालिकाका विभिन्न मनोरम स्थानमा छायांकन गरिएको म्युजिक भिडियोको निर्देशन रोशन झा ले गरेका हुन ।घर परिवार बाट टाढा रहि तिहार जस्तो विशेष चाडमा समेत घर फर्किन नपाएका परदेसिलाई यो गितले छुने गायिका गिता देबिको भनाइ छ।

दुख पीडा र वेदनालाइ समेत स्थान दिदै सोही अनुसारका प्रस्तुति सार्बजनिक गर्दै आएको डि आर मुभिजले तिहार पछी पुनः मङ्सिरको लगन र चेलिको बिदालाई स्थान दिएर सोही अनुसार प्रस्तुति ल्याउने डि आर मुभिजका डि.एन दाहाल धनपतीले बताए।

सम्बन्धित् समाचार  'हजुरले नै भन्नु भा इमान्दार हुनु, आमा मलाई त्यही कुराले परिरहन्छ रुनुु' गीत बजारमा (भिडियोसहित)

भिडियो

कमेन्ट गर्नुहोस्

%d bloggers like this: