अमेरिकामा भएको मध्यावधि निर्वाचनमा नेपाली निर्वाचित

वासिङ्टन डिसी, कार्तिक २१ । अमेरिकामा मंगलबार भएको मध्यावधि निर्वाचनमा नेपाली मूलका ह्यारी भण्डारी निर्वाचित भएका छन् । भण्डारी गत जुनमा सम्पन्न भएको आन्तरिक पार्टी निर्वाचनमा पाँच हजार ९४१ मत ल्याएर प्राइमेरीमा विजयी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । तीन जना उम्मेद्वारको प्रतिस्पर्धा रहेको हाउस अफ डेलिगेट्समा निर्वाचित हुने व्यवस्था छ।

 

निर्वाचनमा ३३ सिनेटको पदमा ४३५ काग्रेस, ३६ गभर्नर, स्टेट सिनेट तथा स्टेट डेलिगेटस र विभिन्न तहका न्यायाधीशसमेतको निर्वाचन भएको थियो । उक्त निर्वाचनले सिनेट र काग्रेसमा कुन पार्टीको वर्चस्व रहन्छ भन्ने कुराको निक्र्यौल गर्नेछ।

 

निर्वाचनमा मेरिल्याण्डको डिस्ट्रिक ८ बाट नेपाली मूलका भण्डारी हाउस अफ डेलिगेट्समा डेमोक्र्याट पार्टीका तर्फबाट निर्वाचित भएका हुन् । उनलाई देश तथा बिदेशमा रहेका नेपालीले बधाई दिएका छन्। भण्डारीको नेपाल घर पर्वत हो ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  कतार एयरवेजद्वारा रमादान परम्परालाई निरन्तर्ता दिँदै छानिएका फ्लाइट्सका यात्रुलाई मिल बक्स हस्तान्तरण
%d bloggers like this: