मेशिनमा च्यापिएर कोरियामा नेपालीको मृत्यु

काठमाडौं, कार्तिक २० । दक्षिण कोरियामा मंगलबार एक नेपालीको काम गर्दागर्दै मेशिनमा च्यापिएर मृत्यु भएको छ । पाँचथरको फिदिम नगरपालिकाका राजेश तुम्बापोको मेशिनले च्यापिएर मृत्यु भएको सियोलस्थित नेपाली दूतावासका श्रम कन्सुलर दिल्लीराम बाँस्तोलाले जानकारी दिए । तुम्बापो दुई वर्षअघि इपिएसमार्पmत कोरियामा एक प्लास्टिक कम्पनीमा काम गर्दै आएका थिए ।

 

मृतकको शवपरीक्षणका लागि अस्पतालमा राखिएको छ । नेपाली कामदारका लागि आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा विभिन्न कारणबाट मृत्यु हुने नेपालीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । -रासस

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  गृहमन्त्री बादलसँग दक्षिण कोरीयाली राजदुतको भेट
%d bloggers like this: