पीपीएल फाइनल, रविन्दर सिंहको अर्धशतक, पोखरा बलियो (UPDATE)

पोखरा प्रिमियर लिगको फाइनलमा १६१ रनको लक्ष पछ्याइरहेको पोखरा पल्टन रविन्दर सिंहको अर्ध शतकको मद्दतले बलियो अवस्थामा पुगेको छ ।

उनी ३४ बलमा २ छक्का र ९ चौकाको मद्दतले ५५ रनमा खेलिराखेका छन् । उनलाई अर्को किनाराबाट मोहम्मद नावेदले साथ् दिइरहेका छन् । नावेदले १२ बल खेलेर २५ रन बनाइसकेका छन् । यसमा ३ छक्का र एक चौका प्रहार गरिसकेका छन् ।

दोस्रो विकेटको रूपमा शेख

त्यस्तै दोस्रो विकेटको रूपमा आसिफ शेख आउट भएका छन् । उनलाई सनी पटेलले रन आउट गरेका हुन् । १२ बल खेलेका आसिफले १२ रन बनाएका छन् ।

यस अघि पोखरा पल्टनका ओपनर कुशल भुर्तेल किरण केसीको बलमा ४ रनको नीजी स्कोरमा आउट भएका थिए । उनले दुई बल मात्र खेल्न पाएका थिए ।

अहिले पोखरा पल्टन १० ओभरमा २ विकेट गुमाएर ९७ रनमा खेल्दै गरेको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  एसिया कप छनोटः नेपाल ९५ रनमै समेटियो, तीन खेलाडीले खाता खोल्न सकेनन् !
%d bloggers like this: