कञ्चनपुरको स्वास्थ्य चौकी बजारमा निर्धन संस्थाद्वारा व्यवसायिक भैंसीपालन तालिम सम्पन्न

काठमाडौं, कार्तिक १९ ।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका आफना ३० जना ग्राहक सदस्यहरुको सहभागितामा २०७५ कात्र्तिक १५ गतेदेखि १७ गतेसम्म कञ्चनपुर जिल्लाको स्वास्थ्य चौकी बजारमा ‘ब्यवसायिक भैंसीपालन तालिम’ सम्पन्न भएको यस संस्थाको स्वास्थ्य चौकी बजार शाखाका प्रमुख मनकाजी चौधरीेले जानकारी गराएका थिए ।

यस तालिममा प्रशिक्षकहरु मानबहादुर थापा, गोपाल दत्त ओझा, मनकाजी चौधरी र शंकरप्रसाद न्यौपाने रहेका थिए ।

एक परिवारमा एकजना उद्यमी बनाउन संस्थाले पहल गरिरहेको संस्थाले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिइरहेको यस संस्थाबाट कर्जा लिइ व्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढ्नुको साथै यस संस्थाको भावी कार्यक्रम, योजना, सेवा सुविधाको विस्तार तथा पहुँचमा वृद्धि गर्र्दै लैजाने समेत संस्थाका अत्तरिया क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमुख शंकरप्रसाद न्यौपानेले बताएका थिए । तालिममा सहभागीहरुलाई स्वागत गर्नुका साथै तालिमको उद्देश्य बारेमा संस्थाको स्वास्थ्य चौकी शाखाका प्रमुख मनकाजी चौधरीले प्रकाश पारेका थिए ।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड ७ वटै प्रदेशका देशको ७७ वटै जिल्लाहरुको शाखा संञ्जाल रहेको नेपालको एकमात्र सबैभन्दा ठूलो लघुवित्त संस्था हो ।

सम्बन्धित् समाचार  बिना यौन सम्पर्क नै गर्भवती हुन्छन् युवती

संस्थाले १८१ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९२ वटा कार्यालयहरुको संञ्जाल बनाइ लघुवित्त सेवा पु¥याइरहेको छ । संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पीडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विना धितो लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, सचेतनामूलक कार्यक्रमहरु संचालन गर्र्दै आर्थिक, सामाजिक, वौंद्धिक विकास गर्दै आइरहेको छ ।

यस संस्थाले देशको कुना कुनामा शाखाहरु स्थापना गरी ग्राहक सदस्यहरुलाई सीप विकास तालिम प्रदान गर्दै आइ रहेको छ साथै तालिम लिएका सदस्यहरुलाई आवश्यकतानुसार लगानी समेत गर्दै आइ रहेको छ ।

यस संस्थाले २०७५ आश्विन मसान्तसम्ममा ३ लाख २५ हजार ८६८ घरपरिवारहरुमा सेवा विस्तार गरी लगानीमा रहेको कर्जा रु. १६ अरब ५ करोड ७० लाख पु¥याएको र ८ अरब ९८ करोड ९९ लाख बचत परिचालन गरेको छ । भैंसीपालन गरी रहेका यस शाखाका ग्राहक सदस्यहरुलाई थप ज्ञान, सीप प्रदान गर्न यस तालिममा सहभागी गराइएको संस्थाका स्वास्थ्यचौकी शाखाका प्रमुख चौधरीले जानकारी गराएका थिए । तालिमको संचालन स्वास्थ्यचौकी शाखाका प्रमुख चौधरीले गरेका थिए ।

सम्बन्धित् समाचार  राजधानीमा ‘स्वाइन फ्लु’का बिरामी भेटिए, यस्ताे छ बच्ने उपाय

रोगी तथा निरोगी गाइ–भैंसीको पहिचान गर्ने तरिका, रिपिट ब्रिडर्स, गर्भपतन, डिसटोकिया, प्रोल्याप्स रोगका मुख्य मुख्य कारण, लक्षण, उपचार तथा रोकथामका उपायहरुबारे जानकारी

गाई–भैंसीपालनको महत्व, नेपालमा पालिने विभिन्न स्थानीय तथा उन्नत नश्लका गाई–भैंसीपालनकोे जातिय परिचय, कमी कमजोरी, संरक्षण तथा विकास, दूग्ध उत्पादनमा गाई–भैंसीको योग्यदान, दूधालु गाई–भैंसी छनौट गर्ने प्रक्रिया र यसको महत्व,

गाई–भैंसीको भाले खोज्ने उमेर, भाले खोजेको समय पत्ता लगाउने, भाले लगाउने उत्तम समय र पहिचान गर्ने तरिका, कृत्रिम–प्राकृतिक गर्भाधान, यसको महत्व र गाई–भैंसीमा बाँझोपनाका मुख्य मुख्य कारणहरुको साथै समाधानका उपायहरुबारे जानकारी,

गाई–भैंसीपालन विधि, उमेर र अवस्थाअनुसार गाई–भैँसी, बाच्छाबाच्छी, पाडा पाडीलाई भूँई (ठाउँ)को आवश्यकता तथा स्थानीय श्रोत साधनको प्रयोग गरी उन्नत गोठ निर्माण गर्ने तरिकाबारे जानकारी,

ब्याउने गाई–भैँसी, दुहुना गाई–भँैसी तथा बाच्छा र बाच्छी, पाडा–पाडीको हेरचाहको साथै बिगौती दूध र यसको महत्व बारे जानकारी,

दुहुना गाई–भंैसीको लागि हरियो घाँस तथा सन्तुलित दानाको महत्वको साथै स्थानीय श्रोतबाट उपलब्ध कच्चा पदार्थहरुको प्रयोग गरी सन्तुलित दाना बनाउने प्रविधिबारे जानकारी,

दुधालु गाई–भैँसीको लागि वर्र्षैभरि हरियो घाँस उत्पादन गर्ने तरिकाबारे जानकारी, गाई–भैैंसीमा हुने आन्तरिक तथा वाहय परजीवीहरुको नियन्त्रणको साथै खोप कार्यक्रम बारे जानकारी,

सम्बन्धित् समाचार  डेंगुबाट दुई सय ६३ जना प्रभावित

उन्नत÷ गाई भैंसीपालन ब्यवसायको योजना तर्जुमा र अभिलेख राख्ने तरिका र यसको महत्व, गाई र भैंसीपालन ब्यवसायको बजार ब्यवस्थापन,

गाई–भैंसीमा लाग्ने मुख्य मुख्य रोगबारे सामान्य जानकारी, लक्षण, उपचार तथा रोकथामका उपायहरु, संस्थाले प्रदान गरेका सेवाहरु कर्जा, बचत, बिमा, विप्रेषण, कर्जा सदुपयोगिताको महत्व, कर्जा सदुपयोगिता, भैंसीपालन स्किम बारेमा सहभागीहरुले जानकारी लिएको क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमुख शंकर प्रसाद न्यौपानेले जानकारी गराएको थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: