कन्या बहुमुखी एलुम्नाई गठनको अध्यक्षमा लोचना शर्मा

काठमाडौं, कार्तिक १९ ।

डिल्लीबजार कन्या बहुमुखी क्याम्पस, काठमाडौंमा हालसम्म अध्ययन गरेका विद्यार्थीहरुको एक सम्मेलनले डिल्लीबजार कन्या बहुमुखी क्याम्पस एलुम्नाई एसोसिएसन गठन गरेको छ ।

शनिबार सोही क्याम्पसमा सम्पन्न प्रथम सम्मेलनले सोही क्याम्पसकी पूर्व विद्यार्थी राधिका चम्लागाईँ (लोचना शर्मा) लाई संस्थापक अध्यक्षमा सर्वसम्मतिले चयन गरेको गरेको छ । शिक्षा शास्त्र संकायअन्तर्गत २०७० सालको व्याचबाट पास आउट शर्मा जापानबाट डिज्यास्टर म्यानेजमेन्टको कोर्ष गर्ने पहिलो नेपाली व्याच, कानुनको समेत विद्यार्थी र मनोपरामर्शदाता पनि हुन् ।

एसोसिएसनको उपाध्यक्ष ममता खतिवडा, सचिव सरिता अधिकारी, कोषाध्यक्ष सीता आचार्य (शीतल) रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा क्रमशः सपना फुयाँल, आरती रेग्मी, रीमा उप्रेती, गीता पुरी, उपासना पौथाके,ज्ञानुका कार्की, सुनिता तिवारी रहेका छन् । एसोसिएसनको सल्लाहकार समितिमा ठगुना राई, अर्चना पाण्डे, लीना शर्मा रेग्मी र अनु भट्टराई रहेका छन् ।

एसोसिएसनले सो क्याम्पसबाट अध्ययन पूरा गरी विश्वका विभिन्न स्थानमा छरिएर रहेका पूर्व विद्यार्थीहरुको सक्रियतामा सामाजिक सेवाका कार्यहरु गर्ने लक्ष्य लिइएको अध्यक्ष शर्माले बताइन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  किन विद्यार्थीहरुको ध्यान दीक्षान्तप्रति आकर्षित हुन सकेन ?
%d bloggers like this: