बिहीबार फेरि कतिले घट्यो सुनचाँदी ?

काठमाडौं, कार्तिक १५ । साताको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य १ सय रुपैयाँले घटेको छ । मंगलबार बजारमा छापावाल सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि घटेर बजारमा सुन प्रतितोला ५९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

 

बुधबार तेजावी सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि घटेर बजारमा सुन प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, बिहीबार बजारमा चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ ।

 

बुधबार बजारमा चाँदी प्रतितोला मूल्य ७४० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर चाँदी प्रतितोला ७३५ रुपैयाँमै कारोबार भइरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  कतिमा कारोबार भइरहेको सुनचाँदीको मूल्य ?
%d bloggers like this: