OMG ! मेलेरिया ‘डिटेक्टिभ’ कुकुर

बेलायत, कार्तिक १४ ।

बेलायत तथा गाम्बियाका विज्ञानिकले कुकुरले मलेरिया रोगको पहिचान गर्न सक्ने प्रविधिको खोजी गरेका छन् । उनीहरुका अनुसार, कपडा सुघेरै कुकुरले मेलेरिया संक्रमित भए नभएकाे पत्ता लगाउन कुकुरलाई ट्रेन गरिरहेका छन् ।

बेलायतको डरहम यूनिवर्सिटीले मलेरिया डिटेक्ट गर्न केही कुकुरहरुलाई तालिम दिइरहेको छ । उनीहरुले मेलेरियाजस्ता रोगको पहिचान गर्नमा जनावरको सहयोग लिन सकिने तर्क अघि सारेका छन् । अध्ययन पूरा नभइसके पनि यसबाट सफलता मिल्नेमा अनुसन्धानकर्ता विश्वस्त बनेका छन् ।

अध्ययनले मलेरियाबाट संक्रमित बनेका व्यक्तिको शरिरमा अन्यको भन्दा फरक गन्ध रहेको देखाएको छ । अध्ययनका क्रममा पश्चिमी अफ्रीकी देश गाम्बियाको एक इलाकाका केही बच्चाले रातभरी लगाएका १७५ जोर मोजा बेलायत पठाइएको थियो । यसमध्ये ३० जोरमा संक्रमण भेटएको थियो ।

संक्रमण वा दुन्र्गधित मोजा मिल्टन कींज़ शहरमा रहेको मेडिकल डिटेक्शन डग्स च्यारिटीमा पठाएका थिए । कुकुरको सुघ्ने क्षमता अन्य जनावरको भन्दा बढी हुन्छ । यो च्यारिटीमा तालिम प्राप्त कुकुरले यसअघि पनि क्यान्सर तथा पार्किंसन्सजस्ता बीमारीको पनि सुरुवाती चरणका लक्षण पत्ता लगाएका थिए ।

सम्बन्धित् समाचार  छाडा कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको खोप अभियान

अमरिकाको सोसायटी अफ ट्रपिकल मेडिसिन एण्ड हाइजीनको कार्षिक सम्मेलनमा प्रस्तुत गरेको रिपोर्टले पनि कुकुरले मलेरियाको संक्रमण पत्ता लगाउन सक्ने तथ्य सार्वजनिक भएको थियो ।

यो अध्ययनको नेतृत्व गरेका डरहम विश्वविद्यालयका प्रोफ़ेसर स्टीव लिन्ड्सेले सकारात्मक परिणाम आएकोमा आफु उत्साहित भएको बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: