अब गुगलले ल्याउने भयो स्मार्ट कपडा

काठमाडौं, इन्टरनेटको संसारमा साम्राज्य जमाएको गुगल कम्पनीले अब स्मार्ट गार्मेन्ट्स बजारमा ल्याउने भएको छ ।

गुगलले आफ्ना यी कपडालाई इन्टरेक्टिभ गार्मेन्टको नाम दिएको छ । यसका लागि गुगलले पेटेन्ट अधिकार समेत लिइसकेको छ ।
स्मार्टफोन पछिल्लो समयमा मानवीय जीवनको अहम् हिस्सा बनेजस्तै यी स्मार्ट कपडालाई पनि मानिसको दैनिक जीवनसँग त्यसैगरी जोडिने गुगलले जनाएको छ ।
स्मार्ट कपडा सामान्य कपडा मात्रै हुने छैनन् । बरु यिनले मानिसको शरीरसँग अन्तक्र्रिया गर्नेछन् । जस्तो स्मार्ट गार्मेन्टले प्रयोगकर्ताका संवेदनशील अंगमा स्पर्श गर्दा नोटिफाई (सूचित) गर्नेछन् । यो प्रविधिको प्रयोग ज्याकेट, शर्ट र पाइन्टमा गरिने छ ।

गत वर्ष गुगलले प्रख्यात कपडा निर्माता कम्पनी लिभाइजको मद्दतबाट कम्प्युटर ट्रकर ज्याकेट बजारमा ल्याएको थियो । टच सेन्सेटिभ फिचर भएको यो ज्याकेटबाट म्युजिक प्ले कन्ट्रोलदेखि अन्य जानकारी हासिल गर्न सकिन्थ्यो ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  इरानमा ६.० म्याग्नीच्यूडको शक्तिशाली भूकम्प
%d bloggers like this: