आइफोन-एक्स प्रयोग गरेको भन्दै सामसङले हाल्यो अभिनेत्रीमाथि मुद्दा, १९ करोड क्षतिपूर्ति माग !

मस्को, कार्तिक १० । प्रसिद्ध मोबाइल फोन कम्पनी सामसङले आफ्नी ब्राण्ड एम्बेसडरमाथि एप्पलको आइफोन प्रयोग गरेको भन्दै क्षतिपूर्तिको माग सहित मुद्दा दायर गरेको छ ।

सामसङले रुसमा आफ्नी ब्राण्ड एम्बेसडर अभिनेत्री सेनिया सोबचाकले एउटा टेलिभिजन अन्तर्वार्ताको क्रममा एप्पल आइफोन- एक्स चलाउँदै गरेको देखिएको भन्दै मुद्दा दायर गएको हो ।

सोबचाकले उक्त अन्तर्वार्ताको क्रममा कागजले आफ्नो एप्पल आइफोन एक्स लुकाउने कोसिस गरेपनि कम्पनीले उनको चतुऱ्याईं थाहा पाएको सामसङ रसियाले जनाएको छ ।

सामसङ रसियाले सोबचाकमाथि प्रतिस्पर्धी ब्राण्ड प्रयोग गरेको भन्दै १० करोड ८० लाख रुबल अर्थात् लाभाग १६ लाख डलर या लगभग १९ करोड ३१लाख नेपाली रुपैयाँ क्षतिपूर्ति समेत माग गरेको छ ।

प्लेब्वाई पत्रिकामा फोटो सुट समेत गराइसकेकी ३६ वर्षीय सेनिया सोबचाक रूसकी प्रसिद्ध मोडेल, अभिनेत्री तथा राजनीतिज्ञ हुन् ।

पछिल्लो निर्वाचनमा उनले राष्ट्रपति भ्लादिमिर पुटिन विरुद्ध उम्मेदवारी समेत दिएकी थिइन् । उनी पुटिनका राजनैतिक गुरु तथा रुसको संविधानका सह लेखक एनातोली सोबचाककी छोरी हुन् ।

पुटिनकी धर्मपुत्री समेत भनिने सोबचाक रुसमा राष्ट्रपति पदकी सबैभन्दा कान्छी उम्मेदवार समेत हुन् ।

सम्बन्धित् समाचार  OMG! यी रहेछन् भगवानको रत्तिभर डर नमान्नेहरु (Video)

रसियन मिडियाका अनुसार उनी टेलिभिजन र पत्रपत्रिकाहरूमा सामसङको विज्ञापन गर्ने गर्दछिन् तर उनलाई थुप्रै पटक एप्पल आइफोन प्रयोग गरिरहेको अवस्थामा फेला पारिएको छ ।

उक्त आइफोन- एक्स उनको  व्व्यक्तिगत रहेको र उनले सामसङको तुलनामा आइफोन-एक्सलाई बढी प्राथमिकता दिने गरेको समेत बताइएको छ ।

यस मुद्दाप्रति सोबचाकले हालसम्म कुनै प्रतिक्रिया नजनाएको र यसले रुसमा सामसङको व्यापारमा असर पर्नसक्ने आकलन गरिएको छ ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: