एनआरएन मजदुरहरुको साझा संस्था हो ।यसलाई सधै मजदुर मुखि बनाउन आवश्यक छ – रमेश श्रेष्ठ

भिरकोट नगरपालिका वडा न ८ स्याङ्जामा जन्मिनु भएका रमेश श्रेष्ठ बिगत १० बर्ष देखि युएईमा एक व्यावसायिको रूपमा परिचित हुनुहुन्छ । सामन्य कामदारको रूपमा युएई आउनु भएका श्रेष्ठ आफ्नै मेहनतले अहिले एक सफल व्यावसायि मात्रै नभै लाखौं मजदुरको नेतृत्व गर्न सस्था” गैर आवासीय नेपाली संघ” युएईको अध्यक्षमा समेत आफुलाइ उभ्याउन सफल हुनु भएको छ। श्रेष्ठ एन आरएनमा जोडिए देखि अध्यक्षको जिम्मेवारी लिदा सम्म उहाँको सस्था बाट के कस्ता कामकारबाही भए र हुँदैछन् यसै बिसएमा उहाँ सङ गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ।

युएई आउनु भएको कति समय भयो ? कहिले देखि जोडिनु भयो एनआरएनमा ?

बन्द हडतालले गर्दा नेपालमा काम गर्न वातावरण नभए पछी २००८ मा सवारी चालकको रूपमा आएको अहिले त ठ्याक्कै १० बर्ष पो भएछ !४ बर्ष त मैले सवारी चालककै रूपमा काम गरे ।घराको ऋणले गर्दा पनि अन्त कतै खासै हिड्न पनि सकियन तर २०११ देखि एनआरएन युएईको केन्द्रिय सदस्यमा जोडिएर काम गर्दै आएको छु ।२०१२ देखि आफैले कम्पनी संचालन गरे अहिले ६० जना कामदार लाई रोजगारी पनि दिएको छु।

एनआरएनको मुख्य उदेश्य चाहिँ के होनि ?कस्ता ब्यक्ति यो सस्थामा जोडिन सक्छन् र यसले गर्न काम कारबाही के के हुन?

एनआरएन एउटा गैर राजनीतिक सस्था हो । यसको उदेश्य नितान्त मजदुर हितमा हुन्छ । खासगरि वैदेशिक रोजगारीमा आएका नेपाली कामदारलाई भैपरी आउन सक्ने समस्या बारे सचेत गराउने, सहयोग गर्न, राहत र उद्दार जस्ता काममा एनआरएनको प्रमुख भुमिका रहन्छ।रोजगारीका लागि बिदेश आएका नेपाली जो १सय ८२ दिन भन्दा बढि समय देखि कार्यरत छन भने उनिहरु सबै एनआरएनको सदस्य बन्न योग्य हुन्छन्।
एनआरएन ले अघि भनेझैं मजदुरको हक हितमा काम गर्छ ।अलपत्र परेका नेपालीको उद्दार ,अंगभंग र घाइते भएका हरुको उपचारमा सहयोग ,कानुनी तथा कुटनैतिक परामर्श र सहयोग लगायत नेपाली दूतावासको सहकार्यमा अन्य सेवा र सहयोग पनि एनआरएनले गर्दै आएको छ।

ठ्याक्कै भन्नुस तपाईंको कार्यकाल सुरु भएपछि एनआरएन युएईले गरेका मुख्यमुख्य कामहरु के के हुन? 
मैले कार्यकाल सम्हालेको त एक बर्ष पूरा भयो ।यो बिचमा कामदारलाई नै लछित गरेर हामीले धेरै काम गरेका छौ । हामीले धेरै नयाँ योजना पनि लागू गर्यै ।जसमा एनआरएनमा आवद्ध भएका सदस्य दुर्घटनामा परेमा एक लाख र मृत्यु भएका एक लाख पचास हजार रुपैयाँ दिने गरि कोषको निर्माण गरेका छौ ।त्यस्तै समय समयमा मजदुरका क्याम्प भिजिट गर्न ,स्वास्थ सिबिर सन्चालन गरि कामदारको स्वास्थ्य परिक्षण गर्न ।गम्भीर प्रकृतिका रोग लागेका र अस्पतालमा उपचाररत रहदा खर्च अभाव भएका हरुलाइ आर्थिक तथा कानुनी सहयोग गर्न,उनिहरुलाइ स्वदेश फर्काउन आवश्यक पहल गर्न ।अलपत्र परेका कामदारहरुको उद्दार गर्न ।टिकट अभावमा स्वदेश फर्किन नसकेका वा विविध कारणले अबैधानिक बनी खर्च अभाव भएका हरुलाइ टिकट उपलब्ध गराइ स्वदेश फिर्ता गराउने ।युएई कार्यरत नेपालहरु लाई सधै एकताबद्द गराउन समय समयमा सामुहिक कार्यक्रमको आयोजना गर्न ।ब्लडमनि अभावमा जेल जीवन बिताउन बाध्य भएका नेपालि हरुलाइ आर्थिक सहयोग सङ्कलन गरि स्वदेश फिर्ता गराउने जस्ता धेरै महत्त्वपूर्ण काम मैले अध्यक्षको जिम्मेवारी लिएको एक बर्ष भित्र एनआरएन युएईले गरेको छ ।हामीले भर्खरै एनआरएनको छैठौं मध्यपुर्ब भेला पनि युएईमा नै आयोजना गरेर सफल रूपमा सम्पन्न गर्यौ। नेपाल बाट मन्त्री सहित विभिन्न देशमा रहेका एनआरएनका प्रतिनिधि तथा उच्च आहोदाका ब्याक्तित्वहरु लाई युएई ल्याएर यहाँ कार्यरत नेपाली मजदुरका यावत समस्यामा ध्यानाकर्षण गराएका छौ ।भेलाले १६ बुदे घोषणापत्र समेत तयार गरेको छ जस्ले बिदेशीएका सबै नेपालीको हितमा काम गर्न छ।

सम्बन्धित् समाचार  इन्जिनियरिङ क्याम्पस मध्येकै सबैभन्दा उत्कृष्ट बनाउन चाहन्छु-रोशन, स्ववियू सभापति, पुल्चोक

एनआरएन युएईले आगामी दिनमा के कस्ता काम हरु गर्दैछ तत्कालीन र दीर्घकालीन योजना के के छन्?

बिगतका बर्षहरुमा झै मजदुरका क्याम्प भिजिट गरि उनीहरुको अवस्था बारे जानकारी लिने ,स्वास्थ्य परिक्षण गर्न ।खेल छेत्रमा अगाडि बढ्न चाहाने मजदुरहरुलाइ पनि समेटेर विभिन्न प्रतियोगिताको आयोजना गरि सहभागी गराउने जस्ले गर्दा उनीहरुको मानसिक चिन्तालाई घटाउन सजिलो हुन्छ ।त्यस्तै एनआरएनमा आबद्ध भएका सदस्यहरुलाइ विभिन्न महल तथा सुपरमार्केट हरुमा सामान खरिद गर्दा छुट हुने ब्यबस्था मिलाउने लगायतका तत्कालीन योजना छन भने ,दीर्घकालीन योजनामा एनआरएन युएईका केन्द्रिय समिति सदस्यहरुको सामुहिक लगानीमा नयाँ ब्यबसाय सुरु गर्न ।साथै बिस्तारै त्यहा बाट सङ्कलित पुजि लाई आफ्नै देशमा लगानी गरि रोजगारीको वातावरण सिर्जना गराउने योजना छ त्यसैमा हामी प्रतिबद्ध भएर अगाडि बढेका छौ।

पछिल्लो समय सुन तस्करी प्रकरणमा एनआरएन युएईका केहि प्रतिनिधि पनि जोडिएका छन भनिएको थियो नि ।के त्यो साचो हो ? 
पहिलो कुरा त बिना प्रमाण कसैलाई आरोप लगाउन पाइदैन ।दोस्रो कुरा मेरो कार्यकाल भित्र त्यस्तो भएको पनि छैन ।यदि नियत बस सस्थालाइ आघात पुग्ने गरि बिना आधार कसैले मिथ्या आरोप लगाउछ भने हामी त्यसको खण्डन गर्न तयार छौ यदि प्रमाण सहित आयो भने कारबाही गर्न पनि पछी हटदैनौ।

सम्बन्धित् समाचार  एनआरएनको मध्यपुर्ब सम्मेलन युएईमा सम्पन्न,१६ बूँदेघोषणापत्र जारी

एनआरएन हुनेखाने र पुजिपती हरुको संगठन हो। त्यसमा बैधानिक भन्दा अबैधानिक काम गर्न हरु धेरै छन भन्ने आरोप लाग्छ नि ? 
एनआरएन मजदुर हरुको साझा सस्था हो ।यसमा वैदेशिक रोजगारी रहेका वा पेसा ब्यबसाय गर्दै बिदेशमा बसेका हर्यक नेपाली आबद्ध हुन पाउँछन् ।हुने खाने मात्रै हैन सामन्य मजदुर पनि आबद्ध छन उदाहरण तपाईंले युएईमा नै हेर्न सक्नुहुन्छ नि । जहाँ सम्म एनआरएनमा अबैधानिक काम गर्न हरु पनि आबद्ध छन भनिएको छ त्यो नियोजित प्रचार मात्रै हो ।सस्थालाइ बदनाम गराउने उदेश्यले यस्तो भनेका हुन ।वास्तवमा एनआरएन भित्र धेरै व्यावसायिहरु पनि आबद्ध छन् ।व्यावसायि भएपछि केही धनिमानी पनि पर्छन् नै तर धन हुने जति सबै अबैधानिक काम गर्छन् भन्न मिलेन नि । यदि सस्थामा बसेर त्यस्तो गलत काम गर्न कोहि छन भने तिनको पहिचान गरि कारबाही गर्नुपर्छ भन्नेमा मेरो दुइमत छैन।

केहि समय अघि एनआरएन कुबेतका अध्यक्ष अर्जुन तामाङ माथि मानव तस्करीको आरोप लागेको थियो ।पत्रकार संग पनि झडप भएछ तर पनि एनआरएन आइसिसीले उनलाइ कारबाही गर्न सकेन किन होला?

हुनत त्यो मेरो कार्यछेत्र भन्दा बाहिरको कुरा हो ।तर मैले सुने अनुसार उहाँहरु बिच आपसी मनमुटावकै कारण झडप भएको भन्ने बुझे। पछी आपसी सहमति गरेर मेलमिलाप पनि भैसक्यो ।जहाँ सम्म मानव तस्करीको कुरा छ त्यो बिसयमा चाहिँ हाम्रो मध्यपुर्ब संयोजकलाई थाहा होला म अलि अनबिज्ञ छु त्यो बारे तर मेरो भनाइ चाहिँ यदि कसैले गलत काम गरेको छ भने त्यसलाई बचाउ गर्नुहुदैन भन्ने नै हो ।

सम्बन्धित् समाचार  मेराविरुद्ध सुनियोजित र कायरतापूर्ण षडयन्त्र गरिँदैछ– बीना मगर, माओवादी नेतृ

एनआरएन लाई मिनि दूतावास पनि भनिन्छ ।धेरै नेपाली हरुले एनआरएन बाट सहयोगको आशा पनि गर्छन यसलाई मजदुर मुखी बनाउन के गर्नुपर्छ ?

वास्तवमा नै एनआरएन एउटा मिनि दूतावास नै हो भन्दा फरक पर्दैन । यसले दूतावास कै जस्तो मजदुरकै हितमा काम गर्छ ।हामीले दूतावास संग सहकार्य गरेर नै धेरै काम गरेका छौ ।नेपाल सरकारले मान्यता दिएको सस्था पनि भएको कारण बिदेशमा पनि बैधानिकता पाएको छ । एनआरएन लाई मजदुर मुखि बनाउन पहिलो कुरा त मजदुरका पीडा मर्का बुझ्ने ,आपत बिपतमा सहयोग गर्न ,समय समयमा भेटघाट ,छलफल गर्न विभिन्न समयमा प्रशिक्षण तथा वैदेशिक रोजगारी र सम्बन्धित देशको नितिनियम बारे जानकारी गराउने सस्थामा उनिहरुलाई पनि सहभागी गराउने जस्ता काम गर्न सकियो भने एनआरएन मजदुर मुखी बन्न सक्छ ।

अन्त्यमा,युएईमा कार्यरत नेपालीहरु लाई तपाईं के भन्न चाहानुहुन्छ ?

युएई वैदेशिक रोजगारीको लागि निक्कै राम्रो गन्तव्य बनिसकेको छ ।यहाँ सान्ती सुरक्षा देखि नियम कानुन सबै राम्रो छ ।यहाँ कार्यरत नेपालीहरुले आफ्नो बिगत नभुली भबिस्यलाइ सम्झेर काम गर्न सुझाव दिन्छु। सुन्दर सपना सजायर बिदेश आउनु भएका सबैले अनावश्यक र फजुल खर्च नगरौ ।युएईको कानुन लाई संमान गर्दै नीति नियम भित्र रहेर काम गरौ ।जथाभावी मदिराको सेवन गरेर कसैसँग झैझगडा नगरौं यस्तो गर्दा ब्यक्तिगत रूपमा मात्र नभै रास्ट्रीय रूपमा नै सबैलाई हेर्न दृस्ठिकोण बदलिन सक्छ ।समग्रमा आफ्नो उदेश्य नभुलौ सबै नेपाली मिलेर बसौ ब्यबस्थित र सुरक्षित श्रम बजारको परिचय दिउँ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: