नेकपाका प्रमुख सचेतक तामाङमाथि आक्रमणको प्रयास

धनगढी, असोज १४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेश सभाका प्रमुख सचेतक तारा लामा तामाङमाथि आज साँझ आक्रमणको प्रयास भएको छ । धनगढीको ओम प्यालेससँगै रहेको बेल्स परिकारमा नास्ता खान जाँदै गर्दा प्रमुख सचेतक तमाङलाई आक्रमणको प्रयास गरिएको हो ।

 

‘राजधानी सार्न पाइदैन’, ‘तारा लामा मुर्दावाद’ जस्ता नारा लगाउँदै केही व्यक्तिहरूले संसाद तामाङमाथि आक्रमण गर्न खोजेका थिए । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख विनोद घिमिरेका अनुसार समयमै आक्रमण हुने जानकारी पाएपछि प्रहरीले संसाद तामाङलाई जोगाउन सफल भएको हो । उनले भने– ‘हामीले आन्दोलनकारी कै समूहबाट सांसद तामाङमाथि आक्रमण गर्ने जानकारी आएपछि हामीले प्रहरी प्रचालन गरेका थियौं ।’

 

प्रमुख सचेतक तामाङले आफूले प्रदेश सभाले दिएको जिम्मेवारी पूरा गरेको हो, त्यही कारण म माथि आक्रमण गर्न खोज्नु दुःखद् हो भने । प्रमुख सचेतक तामाङ प्रदेशको नामांकन र राजधानी तोक्ने सुझाव समितिका संयोजक हुन् । इअनुमोदनबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!