अन्तरविरोधले नै कांग्रेसले हारको स्वाद चाख्योः उपसभापति निधि

तुलसीपुर, असोज १४ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीभित्रको अन्तरविरोधका कारण निर्वाचनमा नराम्रो हारको स्वाद चाख्न पाएको बताएका छन् ।

 

कांग्रस राप्ती गाउँपालिकाले दाङको मौरीघाटमा आइतबार आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले तीन तहको निर्वाचन अन्तरविरोध तथा व्यक्तिगत स्वार्थले गर्दा हार्नु परेको भन्दै पार्टीले हारे पनि देशले भने जितेको तर्क गरे ।

 

‘संविधान निर्माणदेखि तीनवटै तहको निर्वाचन गराउन हामी सफल भएका छौं, पार्टीले हारेको छ तर देशले जितेको छ’, उनले भने । निधिले अब सबै अन्तरविरोधलाई मेटाउँदै पार्टीलाई पहिलो पार्टी बनाउनेतर्फ लाग्न कार्यकर्तालाई आह्वानसमेत गरे ।

 

फरक प्रसङ्गमा उपसभापति निधिले देशमा बढ्दै गएको महिला हिंसा, बलात्कार, हत्या, महङ्गी, करवृद्धि सबैको मार जनताले खेपिरहेको भन्दै उनले अब सडक र सदनबाट त्यस्ता गतिविधि अन्त्यका लागि काङ्ग्रेसले आवाज उठाउने जानकारी दिए । -रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!