भरतपुर महागरद्वारा राससलाई एक थान क्यामरा

चितवन, असोज १४ । भरतपुर महानगरपालिकाले राष्ट्रिय समाचार समिति (रासस) भरतपुर कार्यालयलाई आज एक थान क्यामरा उपलब्ध गराएको छ ।

 

क्याननको ८ सय डि मोडलको सो क्यामरा ९८ हजार ५ सयमा खरिद गरी राससलाई उपलब्ध गराइएको हो । महानगरका प्रमुख रेणु दाहालले रासस भरतपुरका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीलाई क्यामरा हस्तान्तरण गरेकी हुन् ।

 

सो अवसरमा प्रमुख दाहालले आगामी दिनमा दुई संस्थाकाबीचमा सहयोग आदानप्रदान जारी रहने बताइन् । महानगरपालिकाले यसअघि पनि रासस भरतपुर कार्यालयलाई विभिन्न उपकरण सहयोग गर्दै आएको छ ।

 

सोही अवसरमा राससका कार्यकारी अध्यक्ष हरिहर अधिकारी श्यामलले महानगर प्रमुख दाहालललाई टेलिफोनबाट धन्यवाद ज्ञापन गरे । अध्यक्ष श्यामलले महानगरको समृद्धिका लागि राससले रचनात्मक सहयोग गर्ने बताए । -रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!