वैदेशिक रोजगारमा जान हत्यापछि फिरौती माग

विराटनगर, असोज १४ । विराटनगर महानगरपालिका- १७ बस्ने मोहम्मद सद्दाम हुसेन आफ्नै साथीको अपहरण पछि हत्याको आरूप्मा गिरफ्तार भएका छन् ।

दुबई तयारीमा रहेका विराटनगर महानगरपालिका वडा नं. १७ बस्ने मोहम्मद सद्दाम हुसेनको भिसा लागिसकेको भएपनि उनीसँग यसका लागि आवश्यक खर्च जुट्न सकेको थिएन । उनले यसका लागि जुक्ति निकाले- गाउँकै एक जनाको अपहरण र फिरौती ।

आफ्ना साथी मोहम्मद आरिफसँग मिलेर उनले बनाए खलील मियाँका छोरा मोहम्मद अस्फाकको अपहरण गरेर उनका बुवा खलीलसँग फिरौती माग्ने योजना ।

तर उनले अपहरणका लागि नियन्त्रणमा लिन अस्फाकको टाउकोमा ढुंगाले हिर्काउँदा उनको ज्यान गएको खुल्न आएको छ ।

गौतमबुद्ध स्कुल कक्षा १०मा अध्ययनरत अस्फाक, हुसेन र आलम साथी साथी हुन् । गएको असोज १ गते साँझ अस्फाकसँगै बसेर मदिरा सेवन गरेपछि हुसेन र आलमले उनलाई बन्धक बनाएर उनका बुवा खलीलसँग पैसा माग्ने योजना बनाएका थिए ।

त्यसको भोलिपल्ट देखि नै उनीहरूले खलीललाई फोन गरेर फिरौतीको रकम माग्न थालेको र ५० लाखदेखि माग्न थालेको रकम २ लाखमा आएर उनले अस्फाकलाई छाड्न राजी भएका थिए । उनले अस्फाक्को शव ह्युम पाइपभित्र हालिदिएको र प्रहरीले उक्त शव चिन्नै नसक्ने गरेर सडेको अवस्थामा  असोज ७ गते ह्युम पाइपभित्र फेला पारेका थिए ।

प्रहरीले फिरौती माग्नका लागि एसएमएस पठाउन प्रयोग गर्ने गरेको मोवाइलको लोकेसनका आधारमा अनुसन्धान गर्दै जाँदा दुई जनालाई पक्राउ गरिएको बताएको छ ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!