कोष्टारिकामा प्रधानमन्त्रीले पाए डाक्टरको उपाधि

कोष्टारिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विद्यावारिधि उपाधी प्रदान गरिने भएको छ ।

कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामासंयुक्त राष्ट्र महासभाको कार्यक्रम सकेर प्रधानमन्त्री औपचारिक भ्रमणको सिलसिलामा आईतबार सान होजेतर्फ प्रस्थान गरेका हुन्।

प्रधानमन्त्री ओलीले सान जोसमा सान जोसमा शान्ति विश्वविद्यालयमा प्रवचन दिने कार्यक्रमसमेत रहेको छ। त्यहाँ उनलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरिने लागेको विश्वविद्यालयले जनाएको छ।

संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन न्यु योर्क पुगेका उनी उतैबाट कोस्टारिका पुगेका हुन्।कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमणको सिलसिलामा प्रधानमन्त्री ओली कोस्टारिका पुगेका हुन्।

प्रधानमन्त्री ओलीसँगै पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू कोस्टारिका पुगेका हुन्।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!