कविताः धेरै कस्नु हुन्न माया

धेरै कस्नु हुन्न माया
डोरी बनी गाँठो पर्ला ?
समयमा भेट नहुँदा
गहबाट आँशु झर्ला ।

अभावै अभावले दिनरात
सहारा विहीन हुनसक्छ ?
विचार गर है बेलैमा
कतै पाइला अन्तै सर्ला ।

देखाउँदै किन हिँड्ने
मनको माया मनमा राख
समाजलाई नचिनाउ है ?
नंग्याउँदा रुनु पर्ला
आँखाबाट आसु झर्ला ।।

विद्या भण्डारी, सामाखुसी ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!