लोकप्रिय बन्दै विद्याथीसँग ‘जय भोले सेल्फि’

काठमाडौं, असोज १४ ।

फूलापती अर्थात् असोज ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जय भोले’ टिम फिल्म प्रचारका लागि स्कुल तथा कलेजतिर व्यस्त भएका छन् । राजधानीका स्कुल, कलेजका विद्यार्थीहरुसँग फिल्मका कलाकार तथा निर्देशकले प्रत्यक्ष भेटघाटसँगै साक्षात्कार गर्दै आएका छन् ।

अभिनता खगेन्द्र लामिछाने, सौगात मल्ल, सलोन बस्नेत, अभिनेत्री स्वस्तिमा खड्का, निर्माता निर्देशक अशोक शर्मालगायतको टिमले अहिले स्कुल तथा कलेजमा पुगेर विद्यार्थीहरुमाझ फिल्म प्रचारलाई तिव्र बनाएको छ ।

‘जय भोले’ टिमले गएको ३ दिनमा लिटिल एञ्जल हात्तिबन, ग्रान्ड एकेडेमी लगनखेल, प्रिमियर स्कुल सातदोबाटो, युनिक एकेडेमी कुमारीपाटी, ओमेघा कलेज कुमारीपाटी, नेशनल कलेज बालकुमारी, हिमालय कलेज कोटेश्वर, भिएस निकेतन मिनभवनलगायत विभिन्न कलेज तथा स्कुलमा प्रचार अभियान सञ्चालन गरेको छ ।

 

आइतबारबाट तीन दिनसम्म अरु काठमाडौं उपत्यकाका एक दर्जन भन्दा बढी स्कुल तथा कलेजका विद्यार्थीहरुलाई फिल्मको विषयमा जानकारी दिइने निर्देशक शर्माले बताए । प्रचारका क्रममा विधार्थीहरुमाझ फिल्मबारे हाजिर जवाफ, जय भोले सेल्फिलगायतका कार्यक्रम आयोजना गरिएको छ ।

यस फिल्मको कथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । झापा र ईलाममा खिचिएको ‘जय भोले’ मा पुरुषोत्तम प्रधानको छायांकन, राजनराज सिवाकोटी र कल्याण सिंहको संगीत, राज ढुंगानाको सम्पादन, बसन्त श्रेष्ठको नृत्य र रोशनविक्रम भट्टराईको एक्सन रहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!