शौचका लागि खेततिर गएकी युवतीको भेटियो लास, सामुहिक बलात्कारको आशंका

नयाँ दिल्ली, असोज १४ । भारतको बरेली सहरमा एउटा युवतीको गोली हानी हत्या गरिएपछि उनीमाथि सामुहिक बलात्कार गरिएको हुनसक्ने आशंका गर्न थालिएको छ ।

बरेली जिल्लाको अलीगंज थाना क्षेत्रमा रहेको कोदो बारीमा ती युवतीको शव भेट्टिए पछि उनीसँग सामुहिक बलात्कार भएको आशंका गरिएको छ । प्रहरीले भने पोस्टमार्टमपछि मात्र यो बलात्कारपछि हत्याको मामिला हो या होइन भन्न सकिने बताएको छ । हाल अज्ञात रेहका हत्याराहरू विरुद्ध मुद्दा दायर गरिएको बताइएको छ ।

भारतीय मिडियामा आएको समाचार अनुसार यहाँको नैनी भन्ने गाउँकी २३ वर्षीय ती युवती शनिबार बिहान करीब दश बजेतिर शौच गर्न घरबाट निस्केकी थिइन् । एक घण्टासम्म पनि ती युवती नफर्किएपछि आफन्तहरूले उनको खोजी सुरु गएको र लगभग २ बजेतिर गाउँभन्दा एक किलोमिटर टाढा रहेको खेतमा उनको शव प्राप्त भएको थियो । प्रहरीका अनुसार युवतीको पेटमा गोली हानिएको थियो ।

याे पनि पढ्नुस  कञ्चनपुरमा १७ वर्षीय युवतीमाथि सामूहिक बलात्कार !

घटनास्थलको अवस्था हेर्दा आक्रमणमा कमसे कम दुई जना संलग्न रहेको र घटनाको क्रममा निकै संघर्ष भएको हुनसक्ने प्रत्यक्षदर्शी रहेको बताएका छन् । धेरैले यसमा सामुहिक बलात्कारको आशंका गर्ने ठाउँ रहेको भनेका छन् । उता प्रहरीले आफन्तहरूको उजुरीमा ह्त्याराहरू विरुद्ध मुद्दा दायर गरेको छ । परिवारजनले आफ्नो कसैसँग कुनै पनि प्रकारको दुस्मनी रहेको कुरामा असहमति जनाएका छन् ।

भारतमा बलात्कारपछि हत्या र नाबालिकसंग बलात्कारको मुद्दामा मृत्युदण्डसम्मको व्यवस्था गरेको छ तर त्यसका बावजुद त्यहाँ यस्ता घटनाहरू आमरूपमा हुने गरेका छन् ।

याे पनि पढ्नुस  कञ्चनपुरमा १७ वर्षीय युवतीमाथि सामूहिक बलात्कार !

यस घटनामा युवती शौच गर्न घरबाहिर गएको देखिन्छ । भारतमा वर्तमान प्रधानमन्त्रीले प्रमुख प्राथमिकतामा राखेर संचालन गरेको स्वच्छ भारत अभियान संचालनमा छ त्यसका बावजुद त्यहाँ ठुलो जनसंख्या अहिले पनि खुलामा शौच गर्ने गर्दछ ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!