२८ औं ज्येष्ठ नागरिक दिवसः राष्ट्रकवि घिमिरेलाई सामाजिक विकास मन्त्रालयको सम्मान

काठमाडौं । ‘ज्येष्ठ नागरिक अभियन्ताको अभिनन्दन गरौं’ भन्ने मुल नाराका साथ २८ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई सम्मान गरिएको छ । प्रदेश नं ३ अन्तर्गत सामाजिक विकास मन्त्रालयले आइतबार राष्ट्रकवि घिमिरे निवास लैनचौरमा गएर सम्मान गरेको हो ।

१ सय वर्षमा प्रवेश गरेका घिमिरेलाई ज्येष्ठ नागरिक दिवसको अवसरमा सामाजिक विकास मन्त्री युवराज दुलाल शरदले सम्मान गरेका हुन् । सोमबार २८ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस हो । यही असोज ७ गते घिमिरे १ सय बर्षमा प्रवेश गरेका थिए ।

मन्त्री शरदले राष्ट्रकवि घिमिरेलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

सो कार्यक्रममा स्वचन्दतावादी साहित्यमा घिमिरेले पुर्याउनु भएको योगदान र नेपाली साहित्य जगतमा गरेको योगदानबारे चर्चा मन्त्रीले चर्चा गरेका थिए । आफूले बाल्यकालमा पनि घिमिरेको सिर्जना सुनेर प्रभावित भएको मन्त्रीले बताए । मन्त्री शरदले राष्ट्रकवि घिमिरेले खनेका साहित्यका बाटोहरुमा अबका युवा साहित्यकारहरुले हिड्ने पर्ने बताएका थिए ।

घिमिरे प्रज्ञा प्रतिष्ठानको उपकुलपति हुँदा ल्याएको योजनाहरु अब प्रदेश सरकारले कार्यान्वयन गर्ने मन्त्री शरदले प्रतिबद्धता गरेका छन् । त्यस्तै राष्ट्रकवि घिमिरेले समाजको विकासको निम्ति राजनीति एउटा पक्ष भएको बताउँदै जनतालाई बुझाउनका लागि साहित्य एउटा गतिलो हतियार भएको बताए ।

यस्तै आइतबार काठमाडौंमा प्रदेश नम्बर ३ को सामाजिक विकास मन्त्रालयले प्रदेश स्तरिय एक दिने अन्तक्रिया कार्यक्रम गरेको छ । २८ औं अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सरोकारवाला निकायसँग अन्र्तक्रिया कार्यक्रम मन्त्रालयले गरेको हो । उक्त कार्यक्रममा केन्द्रीय जेष्ठ नागरिकका महासंघका अध्यक्ष मदनदास श्रेष्ठ लगायत ३ नम्बर प्रदेशको १३ जिल्लाका सरोकारवाला निकायहरुको उपस्थित रहेको मन्त्री शरदका सहयोगी प्रल्हाद चौलागाईंले बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!