श्रीरामको ‘तस्वीर’ सार्वजनिक

भक्तपुर, असोज १४ । गजलकार श्रीराम केसी ‘निशान्त’को गजल सङ्ग्रह ‘तस्वीर’ सार्वजनिक गरिएको छ ।

चमेरो बचत तथा ऋण सहकारी संस्थाले प्रकाशनमा ल्याएको उक्त गजल आइतबार बालकोटमा आयोजित कार्यक्रममा प्रदेश नम्बर नं ३ का प्रदेश सदस्य शशीजङ्ग थापाले सार्वजनिक गरेका हुन् । उनले मोतिराम भट्ट हुँदै शुरु भएको नेपाली गजल लेखनको यात्रा समृद्ध हुँदै गएको चर्चा गर्दै उक्त विधामा यस पुस्तकले पनि उचार्इ थपेको बताए ।

उक्त सहकारीका अध्यक्ष ई भीमसेन श्रेष्ठले स्रष्टालाई प्रेरणा दिन, पाठकलाई गजलको स्वाद चखाउन एवं समाज निर्माण अभियानमा सहकारीसँग जोड्न वार्षिक साधारणसभाको अवसर पारेर पुस्तक सार्वजनिक गरिएको बताए । गजलकार निशान्तले समय–समयमा विभिन्न पत्रपत्रिकामा प्रकाशित गजललाई एउटै मालामा उन्दै नेपाली गजल विधाको समृद्धिमा टेवा पुर्याउने सोचका साथ उक्त पुस्तक प्रकाशित गरिएको बताए । रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!