डोनाल्ड ट्रम्पले भने– किमले अति सुन्दर पत्र लेखे, मेरो त माया नै बस्यो

वाशिङ्टन डिसी । कुनै बेलाका कट्टर दुश्मन । मार्ने र हान्ने बाहेक केही आउँदैनथ्यो उनीहरुको बीचमा ।

तर शक्ति भन्ने कुरा ठूलो हुँदो रहे छ ।

अहिले अवस्था फेरिएको छ ।

दुनियाँको नक्साबाट उत्तर कोरियालाई मेटाइदिने धम्की दिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अनौठो बयान दिएका छन– आई एम इन लव विद किम

सिंगापुरमा भएको बैठकपछि एक अर्कासँग नजिक देखिएका किमका बारेमा उनले नयाँ टिप्पणी गरेका हुन ।

हालैमात्र किम जोङ इलले अमेरिकी राष्ट्रपतिलाई फेरी वार्ताका लागि अनुरोध गर्दै पत्र पठाएका थिए ।

अहिले ट्रम्पले सोही पत्रमाथि टिप्पणी गर्दै किमसँग माया बस्यो भनेका हुन ।

रिपब्लिकन पार्टीको एउटा स्थानीय उम्मेदवारको समर्थनमा पश्चिम भर्जिनियामा आयोजित एक र्यालीलाई सम्बोधन गर्दै ट्रम्पले किमको निकै प्रशंसा गरे ।

ट्रम्पले र्यालीमा भने– म त प्रेममा पो परेछु । वास्तवमा किमले यति सुन्दर पत्र जो लेखेका छन् । आइएम इन लभ विद हिम ।

गत सोमबारका दिन संयुक्त राष्ट्र महासभाको बैठकमा पनि ट्रम्पले उत्तर कोरियाको प्रशंसा गरेका थिए । गत वर्ष मात्रै उनले यही मञ्चबाट उत्तर कोरियालाई पुरै बर्बाद गर्ने चेतावनी दिएका थिए ।

तर उत्तर कोरियाले आफ्नो युद्द क्षमतामा आकस्मिक र निर्णायक विकास गरेपछि अमेरिका र उत्तर कोरियाबीच सन्तुलित सम्बन्ध स्थापित भएको हो ।

यद्यपी उत्तरमाथिको कडा प्रतिबन्ध भने अझै पनि कायमै छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!