१३ लाख नगदसहित दोहाका नागरिक विमानस्थलमै पक्राउ

काठमाडौं, असोज १४ । नेपालबाट विदेशी मुद्रा तस्करी हुनु नौलो रहेन । तर शनिबार एकजना कतारका नागरिक नेपाली रूपैयाँ तस्करी गरिरहेको अवस्थामा विमानस्थलमा पक्राउ परेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार अपरान्ह १६ लाख २५ हजार नेपाली रुपैयाँ सहित एकजना कतारका नागरिक पक्राउ परेका हुन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट कतार एयरको उडानमा दोहा जान लागेका कतारका नागरिक वर्ष ३९ का मोहमद इसा मट सकुर्तीको साथबाट नेपाली रुपैयाँ बरामद भएको हो ।

कतारको राहदानी नम्बर ०१४३५८९३ रहेका सकुर्तीको साथमा रहेको कालो हेन्ड व्यागको चेकजाँचमा रकम बरामद भएको हो । प्रहरीका अनुसार होल्ड व्यागेज एक्सरे चेकिङमा रकम नगद परेपछि उनलाई विमानस्थल सुरक्षा गार्ड कार्यालयमा राखिएको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!