‘ग्लोवल फोरम’ मा भारतले शक्तिसम्पन्नता पुष्टि गर्ने मौका गुमायो !

– मुक्तदर ख़ान

भारतीय विदेश मन्त्री सुष्मा स्वराजले संयुक्त राष्ट्रसंघमा गरेको भाषणलाई लिएर बहस सुरु भएको छ । यसमा महाशक्ति बन्दै गएको चीन र यसको प्रभावले भारतलाई हुने असरका बारेमा एक शब्द पनि नबोलि मोदी सरकारले ल्याएका विकासे योजना र पाकिस्तानका विषयमा समय खर्चिएकोले विश्वसामु भारतको प्रस्तुति कमजोर रहेको भन्दै उनको आलोचना सुरु भएको छ ।

भारतीय मिडिया तथा वुद्धिजिवीहरु उनले पाकिस्तानलाई ‘टेररिस्ट स्टेट’ भएको पुष्टि गर्न विन लादेनसम्मको उदारहण दिएर पाकिस्तानलाई नै महत्व दि‌ँदै महान बनाएको आरोप लगाएका छन् ।

उनीहरुले यो समय अन्तर्राष्ट्रिय स्तरमा सबभन्दा ठूलो मद्दा चीनको भूमिका भएको बताएका छन् । चीनले भारतलाई घेरा हाल्न एकपछि अर्को रणनीति अपनाएको छ । चीनले पाकिस्तानमा एक बन्दरगाह बनाइरहेको छ । श्रीलंकाको एउटा बन्दरगाहमा उसले अधिकार प्राप्त गरेको छ । साथै विश्व अर्थव्यवस्था तथा कूटनीतिमा चीनको भूमिका बढ्दै गएको छ ।

उता अमेरिकाले पनि विदेश नीतिको हवाला दिँदै हरेक अन्र्राष्ट्रिय मञ्चको कमजोर बनाउने कोशिशमा लागेको छ । अमेरिकाले भारतलगायत हरेक देशलार्इृ टेरिफ(कर) लगाउँदै गएको छ । उसले एच १ बी भिसामा कडाई गरेर भारतका लागि अप्ठ्यारो पार्दै गएको छ ।

यी सबै विषय पन्छाएर भारतीय विदेश मन्त्रीको भाषण पाकिस्तान र आगामी चुनावमा केन्द्रित थियो । भारतीय विदेश मन्त्रीले विश्वसामु भारत विश्वकै ठूलो र तिव्र आर्थिक वृद्धि भएको, परमाणु अस्त्रले सुसज्जित एउटा शक्तिशाली देशको पहिचान गराउने मौका गुमाएको बनेकी छन् ।
यस्तै लोकतन्त्रको दुहाई दिने अमेरिकामा कमजोर बन्दै गएको लोकतन्त्र भारतमा मज़बूत हुँदै गएको, बहुधर्मवाद, सिभिल सोसइटी तथा प्रेस स्वतन्त्रता बलियो भन्दै गएको विषय गौण बन्यो ।

यदि आतंकवादका विषयमा बोल्नै पर्ने थियो भने सीरिया, इराकका बारेमा बोलेको भए अलिकति तर्कपूर्ण हुनसक्थ्यो । मेरो विचारमा भारतले आफ्नो नज़रिया बदल्नु पर्ने जरुरी छ । विश्वस्तरमा भारत एक महान देशको पहिचान बनाएको छ ।

पाकिस्तानलाई लिएर भारत रक्षात्मक सोच राख्छ । यसले भारतको जुन अन्तर्राष्ट्रिय छवि छ त्यो कमजोर हुन्छ र अर्को पाकिस्तानले महत्व पाइरहन्छ ।

तपाई कल्पना गर्नुस् एक महान देश यो विश्व फोरममा आफ्नो भाषणको एक तिहाई हिस्सा पाकिस्तानका बारेमा खर्च गर्छ भने अन्तर्राष्ट्रिय इमेज कस्तो बन्छ ? क्षेत्रीय विषय उठाउनु नै थियो भने दक्षिण एसियाली देश र स-साना छिमेकी देशमा भारतको भुमिकाका बारेमा बोलेको भएपनि त्यो तर्कसंगत बन्ने थियो । यसले के देखाउँछ भने भारतले अन्तर्राष्ट्रिय स्तरमा के गरिरहेको छ भन्ने कुरा उ अाफै अनविज्ञ छ ।

पाकिस्तानले आफ्ना नागरिकलाई खुशी पार्न कश्मीरको मुद्दा उठाएपनि अन्तर्राष्ट्रिय स्तरमा यसले खासै महत्व राख्दैन । पछिल्लो समय पाकिस्तानले आफ्नो धुमिल हुन्दै गएको छवि सुधार्ने प्रयास गरिरहेकाे छ ।

मेरो विचारमा भारतले पाकिस्तानसँग अझ कडा रुपमा पेश हुनु पर्छ । मैले सेना परिचालन गर्ने कुरा गरेको होइन तर, भारतले पाकिस्तानमा प्रतिबन्ध लगाएरु उसलाई एक पराई देश सरह व्यवहार गरेमा पाकिस्तान झन कमज़ोर बन्ने निश्चित छ । भारतले पाकिस्तानविरुद्ध प्रचार धेरै, कारवाही कम गर्छ । भारतले पाकिस्तानका बिरुद्ध प्रचार कम गर्दै आफनो लठ्ठी (छड़ी) बलियो बनाउँन आवश्यक छ । लेखक खान डेलावेयर विश्वविद्यालयका प्रोफ़ेसर हुन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!