जपानमा खतरनाक तुफान, दर्जनौं घाइते, हजारौं विस्थापित, हवाई र रेलसेवा बन्द

टोकियो, जापानमा ट्रामी नाम गरेको तुफानका कारण ठूलो क्षति भएको छ ।

जापानको दक्षिणी द्विप ओकिनावामा शनिबारदेखि चलेको शक्तिशाली तुफानको चपेटामा दुई दर्जन बढी घाइते भएका छन् ।


२१६ किलोमिटर प्रति घण्टाको गतिमा हावामा घुमिरहेको यो तुफान २५ किलोमिटर प्रतिघण्टाको दरले अगाडि बढिरहेको समाचारहरुमा उल्लेख छ । मौसम विज्ञानmे आइतबार रातीसम्म यो मुख्य भुभागमा पुग्ने र प्रचण्ड रुप धारण गर्न सक्ने चेतावनी दिएका छन् ।

ओकिनावाका करिब ७ सय वासिन्दालाई सुरक्षित स्थानतर्फ लगिएको छ । २ लाख भन्दा बढी घरमा बिजुली बन्द गरिएको छ । तीब्र गतिको हावाका कारण कैयन रुखहरु ढलेका छन् । सडक अवरुद्ध बनेका छन् ।

तुफानकै कारण पश्चिम जापानमा ३८६ हवाई उडान बन्द गरिएका छन् भने कन्सई विमानस्थल आइतबार बिहान ११ बजेदेखि बन्द गरिएको छ ।

यतिमात्रै होइन ओसाका क्षेत्रका सबै सेवा र आजै दिउँसोदेखि शिकान्सेन रेल सेवा पनि रद्द गरिने अधिकारीहरुले जानकारी दिएका छन् ।
अधिकारीहरुले पश्चिम जापानमा भूस्खलनको पनि चेतावनी दिएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!