चावहिलका मालपोत कार्यालय प्रमुख पक्राउ

काठमाडौं, असोज १४ । मालपोत कार्यालय चावहिलका प्रमुख उपसचिव कमलप्रसाद तिमिल्सेनाले बुढानिलकण्ठको ४० आना जग्गाको नक्कली कागजात बनार्इ अर्कै ब्यक्तिलाई नामसारी गरेको भन्दै पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त गौशालाले कीर्तेगरी एक व्यक्तिको नाममा रहेको जग्गा अर्कैलार्इ पास गराउने कार्यमा उपसचिव तिम्लिसेनाको संलग्नता देखिएपछि शुक्रबार पक्राउ गरेर म्याद थप गरेको हो ।

उनी गौशाला वृत्तको हिरासतमा छन्। प्रहरीले यसअघि सोही प्रकरणमा मालपोत चाबहिलका चार जना कर्मचारीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । बुढानिलकण्ठको ४० आना जग्गा किर्ते गरेर पास गरेको प्रकरणमा यसअघि मालपोत अधिकृत खगेन्द्र अर्याल, नासु रन्जनकुमार खरेल, जमुना कुमारी श्रेष्ठ र रघुनाथ तिमिल्सिनालाई पक्राउ परेका थिए ।

बुढानिलकण्ठमा रहेको चन्दनकृष्ण कायस्थको ४० आना जग्गा नक्कली व्यक्तिका नाममा किनबेच भएको थियो । प्रहरीले जमिनको श्रेस्ताको जिम्मा राख्ने, श्रेस्ता तयार पार्ने र रुजु गर्ने कार्यमा संलग्न कर्मचारीलाई पक्राउ गरेको हो।

नक्कली जग्गाधनी बनेर मालपोतको ढड्डामा समेत दोस्रो व्याक्तिको फोटो टाँस गरेको अनुसन्धानको क्रममा भेटिएको छ। नक्कली चन्दनकृष्ण कायस्थ र श्रीकृष्ण देवकोटाको मुठ भिडाउने, लिखत पास गर्ने कार्यमा सरकारकी कर्मचारीको मिलोमतोको देखिएकाले उपसचिव समेतलाई पक्राउ गरिएको वृत्तका प्रमुख सुनिल मल्लले बताए ।

कायस्थको नामका लालपुर्जा, नागरिकता, वारेस नामसहितका नक्कली कागजपत्र खडा गरेर जमिन किनबेच भएको थियो। मालपोतका कर्मचारीहरुले मिलेमतो गरेर कार्यालयको श्रेस्तानै फेरबदल गरेका थिए । नेपालखबरबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!