बजारमा आज तोलामा कति बढ्यो सुनचाँदी ?

काठमाडौं, असोज १४ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ ।

शुक्रबार बजारमा छापावाल सुन प्रतितोला ५८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर बजारमा सुन प्रतितोला ५७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

शुक्रबार तेजावी सुन प्रतितोला ५७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर बजारमा सुन प्रतितोला ५७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, आइतबार बजारमा चाँदीको मूल्य पाँच रुपैयाँले बढेको छ ।

शुक्रबार बजारमा चाँदी प्रतितोला मूल्य ७२५ रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर चाँदी प्रतितोला ७३० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!