जान्ह्वी कपुर पहिलो महिला पाइलट बन्दै

मुम्बई, असोज १४ । बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको छोरी जाह्नवी कपूरले जुलाईमा प्रदर्शनमा आएको चलचित्र ‘धडक’ बाट बलिउडमा डेब्यु गरिन् ।

यस चलचित्रमा अभिनेता ईशान खट्टर थिए भने शशांक खेतानले निर्देशन गरेका थिए । चलचित्र प्रदर्शनको केही दिनमा करण जौहरले आफ्नो सामाजिक सञ्जालबाट कन्फर्म गरे कि जाह्नवी उनको बिग बजेटको फिल्म ‘तख्त’ को हिस्सा हुने छिन् ।

खबरअनुसार, जाह्नवीले धर्मा प्रोडक्शनको एक अर्को बायोपिक फिल्म साइन गर्दैछिन् । उनले बलिउडमा आफ्नो तेस्रो फिल्म पनि करणको साथ गर्ने पक्कापक्की भएको भारतीय मिडियाले बताएका छन् । डेब्यु फिल्म रिलिजपछि उनी अहिले करणको रेखदेखमा छिन् ।

जाह्नवीले केही हप्तादेखि चलचित्रको तयारी सुरु गरिसकेकी छिन् । उनले हालैमा कहानी र व्यवहार बुझ्न गुञ्जन सक्सेनासँग पनि भेट गरेको खबर आएकी छन् । अर्को वर्षबाट चलचित्रको छायांकन सुरु हुने बताइएको छ । फिल्मलाई करणले निर्माण गर्नेछन् भने अझैसम्म निर्देशन फाइनल भएको छैन ।

जाह्नवीको यो फिल्म भारतीय वायु सेनाकी पहिलो महिला हेलीकाप्टर पाइलट गुञ्जनको जिन्दगीमा आधारित हुने छ । यो फिल्ममा एक्ट्रेस पहिलो हेलीकाप्टर महिला पाइलट गुञ्जनको भूमिकामा देखिने छिन् । केही दिनअगाडि एक पिक्चर पब्लिस भएको थियो, जसमा जाह्नवी, गुन्जनसँग देखिएकी थिइन्।

गुञ्जनको जिन्दगीको कहानी निकै प्रेरणादायक छ । उनी भारतीय वायुसेनाकी पहिलो हेलीकाप्टर महिला पाइलट हुन्, जसले १९९९ मा कारगिल युद्धको क्रममा आफ्नो साथी लेफ्टिनेन्ट श्रीविदया राजनसँग मिलेर कयौं घायल सैनिकको ज्यान बचाएकी थिइन् । एजेन्सीको सहयोगबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!