नेइमारले गरे २ गोल, पिएसजीको लगातार आठौं जित !

एजेन्सी । पेरिस सेन्ट-जर्मेन, पिएसजीले फ्रेन्च लिग वान फुटबलमा शानदार जितको यात्रा कायम राखेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा पिएसजीले १० खेलाडीमा सीमित भएको निसमाथि ३-० को जित निकालेको छ ।

 

लिगमा लगातार आठौं जित निकाल्ने क्रममा नेइमारले दुई तथा एनकुकुले एक गोल गरे । ५९ औं मिनेटमा साइप्रिन दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि निस १० खेलाडीमा सीमित भयो ।

 

पिएसजीले त्यसअघि नै दुई गोल गरिसकेको थियो । नेइमारले २२ तथा एनकुकुले ४६ औं मिनेटमा गोल गरेका थिए । यस्तै नेइमारले इन्जुरी समयको दोस्रो मिनेटमा गोल गरेपछि पिएसजी ३-० ले विजयी भयो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!