दिनदहाडै बिरामी बोक्ने एम्बुलेन्स रक्सीका कार्टुन बोक्छन् !

काठमाडौं, असोज १४ । काठमाडौंको कलंकीमा एमबुलेन्सले विरामी बोक्नुको साटो रक्सीका कार्टुन ओसारपसार गरिरहेको भेटिएको छ । सहिद मेरोरियल अस्पताल कलंकी काठमाडौं लेखिएको बा१३ च २५२४ नम्बरको एम्बुलेन्सले खुलेआम रुपमा शुक्रबार सक्सीका कार्टुनहरु लोड गरिरहेको भेटिएको हो ।

 

कलंकी स्थित न्यू सिर्जना टेडर्स पसलबाट उठाइएका ती रक्सीका काटूर्नहरु धमाधम एम्बुलेन्समा लोड गरिएका थिए । एम्बुलेन्सको काम बिरामीहरु बोक्ने तिनीहरुलाई सक्दो छिटो उपचारको लागि अस्पतालहरुमा पुर्याउनु पर्ने हो ।

एम्बुलेन्सलाई २४ घण्टा नै स्ट्ण्डमा राख्नुपर्दछ, तिनीहरु सफा र पूर्ण रुपमा मर्मत भएको हुनुपर्दछ । एम्बुलेन्सले बिरामी बाहेक अन्य समानहरु बोक्न र हिड्न पाईदैन ।

 

के र कसको प्रयोजनका लागि लैजान लागिएको हो भन्ने बारे केही जानकारी नभएपनि कुनै एक स्बीमिङ पुलको उद्घाटनका लागि लैजान लागिएको स्थानियले बताएका छन् ।

कलंकी चोकदेखि ४०(५० मिटर नजिकै यसरी एम्बुलेन्समा रक्सी लोड हुँदा समेत बोल्ने केही देखिएनन् । नजिकै रहेका ट्राफिकले त देखेको नदेखे झै गरेका थिए भने छिमेकी पसलेहरुले मुख दर्शक भएर हेरिरहेका थिए । नेपाली ताराबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!