सामुदायिक विद्यालयमा एक वर्षमै सात प्रतिशत घटे विद्यार्थी

काठमाडौं, असोज १३ । असोज पहिलो साता जारी अनिवार्य तथा निःशुल्क शिक्षा ऐनले सामुदायिक विद्यालयको शिक्षा पूर्णतः निःशुल्क गरेको छ । त्यसअघि निःशुल्क भनिए पनि कुनै न कुनै रूपमा शुल्क उठाइएकै हुन्थ्यो । निजी विद्यालयका विद्यार्थीले सीमित छात्रवृत्तिबाहेक पूर्ण शुल्क तिर्नुपर्छ ।

 

सामुदायिक विद्यालयमा सुविधासम्पन्न भौतिक पूर्वाधार छन् । पर्याप्त खेल मैदान र तालिमप्राप्त शिक्षक हुन्छन् । तर, सरकारकै पछिल्लो प्रतिवेदनअनुसार सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण घटदो छ । निजीमा भने गत वर्षको तुलनामा ७ प्रतिशत विद्यार्थी बढेका छन् । साढे ३५ हजार विद्यालयमा अध्ययन गर्ने विद्यार्थीमध्ये तीन वर्षअघि सामुदायिकमा मात्रै ८४ प्रतिशत थिए ।

 

अघिल्लो वर्ष ८२ प्रतिशतमा झरेको यो आँकडा अहिले ७५ प्रतिशतमा ओर्लिएको छ । २०७३ मा निजीमा १६ प्रतिशत विद्यार्थी मात्र थिए । अघिल्लो वर्ष १८ हुँदै अहिले २५ प्रतिशत पुगेको छ । भक्तपुर, ताथलीको गणेश माविमा तीन वर्षअघि १ सय २० विद्यार्थी थिए ।

 

२०७३ मा १ सय ५ मा झर्र्र्यो। २०७४ मा ८२ जनामा सीमित भयो । गणेश माविसँगैको निजी विद्यालय एसएस सदनमा भने विद्यार्थी हरेक वर्ष बढिरहेका छन् । वसन्तपुरनजिकै याट्खाको कन्या माविमा विद्यार्थी घट्दै छन् भने नजिकैको नेस्ट जेनेरेसन निजी विद्यालयमा बढ्दो क्रममा छन् । कान्तिपुरमा खबर छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!