देउवा भन्छन्,- ‘अन्तर्घातीलाई कारबाही नगरे अर्को चुनाव पनि हारिन्छ’

काठमाडौं, असोज १४ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा एकता र अनुशासन कायम नभए अर्को निर्वाचनमा पनि कांग्रेस पराजित हुने बताएका छन् ।

 

कांग्रेस अछाम–काठमाडौं सम्पर्क समितिद्वारा शनिबार आयोजित दसैँ, तिहार, नेपाल सम्बत् र छठको शुभकामना एवं सम्मान कार्यक्रममा सभापति देउवाले पार्टी बलियो हुन अनुशासन कायम हुनुपर्ने बताए ।

 

‘हाम्रो पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउन जरुरी छ । पार्टीमा अनुशासनको कमी र अन्तर्घात हुँदा हामी निर्वाचनमा हार्न पुग्यौँ,’ नेता कार्यकर्तालाई सचेत बनाउँदै देउवाले भने, ‘निर्वाचनमा देशभर अन्तर्घात भयो । यो अन्तर्घातको गहिरो छानबिन नगरी अर्को निर्वाचनमा जाने हो भने फेरि पनि हामी पराजित हुन्छौं । त्यसैले पार्टीमा अनुशासन कायम गरेर जानुपर्छ ।’

 

पार्टी एक भए पहिलो पार्टी
पार्टीमा अनुशासन कामय भएर एक भए अर्को चुनावबाट कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन सकिने देउवाको भनाइ दाबी थियो । ‘हामी पुनः एक नम्बर पार्टी बन्न सक्छौँ । तर, यसका लागि अन्तर्घातीलाई कारबाही गर्ने र पार्टीमा अनुशासन कामय हुनुपर्छ,’ उनले भने । कांग्रेस एकतावद्ध र बलियो भए मात्र नागरिकमा विश्वास र भरोसा बढ्ने देउवाले बताए । नयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!