नेपाली फुटबलमा नयाँ अध्याय शुरु भयोः मन्त्री विश्वकर्मा

काठमाडौं, असोज १४ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले नेपाली फुटबल क्षेत्रमा नयाँ युग शुरु भएको बताएका छन् । शनिबारदेखि शुरु भएको शहीद स्मारक ‘ए’ डिभिजन फुटबल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री विश्वकर्माले लामो

 

समयदेखि लिग नहुँदा नेपाली फुटबलको स्तर खस्किएको र लिगले नयाँ नयाँ युवा खेलाडी उत्पादन हुने विश्वास व्यक्त गरे । उनले भने, ‘नेपालको खेल क्षेत्रको विकास र समृद्धिका लागि सरकार तयार छ, स्पष्ट योजनाका साथ अगाडि बढ्नुस्, सरकार एन्फालाई सहयोग गर्न तयार छ ।’

 

खेलकूदका क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताउँदै उनले पछिल्ला दिनमा वर्षौदेखि समाधान हुन नसकेका केही महत्वपूर्ण समस्या समाधान गर्न सफल भएको उहाँको दाबी थियो । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले आफू एन्फा अध्यक्ष हुनुअघि गरेको प्रतिबद्धताअनुरुप लिग सञ्चालन गर्न सफल भएको बताए ।

उद्घाटन समारोहमा मन्त्री विश्वकर्माले शहीद स्मारक लिगको ट्रफी एन्फा अध्यक्षमार्फत लिग संयोजक शर्मालाई हस्तान्तरण गरे । उद्घाटन समारोहमा गायक योगेश्वर आमात्य, हास्य कलाकार जितु नेपाल, सुनिल थापालगायतले आ-आफ्नो प्रस्तुती प्रस्तुत देखाएका थिए । भने, नेपाल प्रहरीको ब्यान्डले जागरण गीतको धुन प्रस्तुत गरेको थियो । -रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!