चितवन मेडिकल कलेजमा “हाईव्रिड ईन्टरनेशनल ईर्मेजेन्सी मेडिसिन (एचआईईएम)” तालिम सुरु

राजेन्द्र आचार्य

चितवन, १३ असोज । नेपालमा नै पहिलो पटक चितवनमा हाईव्रिड ईन्टरनेशनल ईर्मेजेन्सी मेडिसिन (एचआईईएम) तालिम सुरु भएको छ ।

आकस्मीक चिकित्साको तालिम सुरु गर्न चितवन मेडिकल कलेजले पहिलो पटक नेपालमा नै हाईव्रिड ईन्टरनेशनल ईर्मेजेन्सी मेडिसिन तालिम सुरु गरेको हो ।

नेपालमै आकस्मीक उपचारको लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले यो तालिम सुरु गरिएको चितवन मेडिकल कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रो.डा.हरिशचन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

यस ४ बर्षे तालिम पश्चात् एमविविएस पास गरेका विद्यार्थीहरुलाई मेम्बर अफ रोयल कलेज अफ ईर्मेजेन्सी मेडिसिन (एमआरसीईएम) र फेलोसिप ईन क्वालिटी ईन्प्रुभमेन्ट (एफक्यूआईएम)को डिग्री दिईनेछ ।

वेलायतको ईन्टरनेशनल एकेडेमी अफ मेडिकल लिडरसीप (आईएएमएल) युके, ईन्टरनेशनल सेन्टर फर ईर्मेजन्सी मेडिसिन (आईसीईएम) युके, डनक्यास्टर एण्ड ब्यासेटल टिचिङ्ग हस्पिटल (डिविटिएच) युके र नेपालको चितवन मेडिकल कलेजले संयुक्त रुपमा प्रशिक्षण दिनेछ ।

ईर्मेजेन्सी मेडिसिनको विविध विषयमा उच्च तालिमका लागि प्रशिक्षार्थीहरुलाई पहिलो र चौथो वर्ष चितवन मेडिकल कलेजमा र दोश्रो र तेश्रो वर्ष डनक्यास्टर एण्ड ब्यासेटलः टिचिङ्ग हस्पिट वेलायतमा अध्यापन गर्नेछन् ।

यसैविच हाईव्रिड ईन्टरनेशनल ईर्मेजेन्सी मेडिसिन तालिमको शुभारम्भ गर्न र यस बारे सार्वजनिक जानकारी गराउन दुई दिने “चितवन ईन्टरनेशनल ईर्मेजेन्सी मेडिसिन कन्फेरेन्स” सुरु भएको छ ।

दुई दिनसम्म चल्ने कन्फेरेन्सको उद्धघाटन नेपाल सरकारका स्वास्थ्य राज्य मन्त्री डा.सुरेन्द्र यादवले गुर्नभएको छ ।

सो अवसरमा बोल्दै मन्त्री यादवले नेपाली उपचार पद्धतीका लागि चितवन मेडिकल कलेजले थालेको यो कार्य मूलुककै लागि नमूना हुने बताउनुभयो ।

कार्यक्रममा पाटन एकेडेमी अफ हेल्थ साईन्सका उपकुलपति प्रो.डा.भरत यादव, नेपाल मेडिकल काउन्सीलका उपाध्यक्ष डा.नारायण विक्रम थापा, स्वास्थ्य राज्यमन्त्रीका प्रमुख सल्लाहकार डा.केके राई, नेपाल मेडिकल काउन्सीलका रजिष्ट्रार डा.दिलिप शर्मा, चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, चितवन प्रहरी प्रमुख सुशिलसिहं राठौर र वेलायतका विभिन्न क्षेत्रका चिकित्सकहरुको समेत सहभागीता थियो । वेलायतका रोयल कलेज अफ ईर्मेजेन्सी मेडिसिनको ईन्टरनेशनल अफिसर भिम्टोरी डि उईट समेत सहभागी थिए ।

यस कन्फेरेन्समा “आकस्मीक कक्षमा भिडियो एक्स रेको प्रयोग बारे” कार्यशाला समेत गरिएको थियो । वेलायतमा वरिष्ठ आकस्मीक चिकित्सक डा.युआन् बालयकारस्ट्रीस््ले तालिम दिएका थिए ।

सम्झौता पत्रमा आदानप्रदान

चार वर्षे तालिमको लागि चितवन मेडिकल कलेज, ईन्टरनेशनल एकेडेमी अफ मेडिकल लिडरसीप, ईन्टरनेशनल सेन्टर फर ईर्मेजन्सी मेडिसिन र डनक्यास्टर एण्ड ब्यासेटल टिचिङ्ग हस्पिटल वेलायत विचको सम्झौता पत्र स्वास्थ्य राज्य मन्त्री डा.यादवले आदानप्रदान गराएका थिए ।

दुई दिनसम्म चल्ने कन्फेरेन्समा देशभरबाट २ सय ५० जना चिकित्सकहरुको सहभागीता थियो ।

यस्तै चितवन मेडिकल कलेज दैनिक १८ सय बढी विरामीहरु ओपिडी सेवा दिईरेको छ । भने दैनिक ३५ वटा अप्रेशन र ४ सय ६० जना भर्ना भईरहेका विरामीहरु र १ सय ३० जनालाई आकस्मीक सेवा समेत प्रदान गरिरहेको छ ।

द्ध ब्ततबअजmभलतक

कमेन्ट गर्नुहोस्

error: Content is protected !!