अवैधरुपमा अमेरिका जान खोज्ने ९ हजार भारतीय गिरफ्तार

काठमाडौं, अवैध ढंगले अमेरिकी सीमा पार गर्ने कोशिसमा ९ हजार भारतीय पक्राउ परेका छन् ।
यो संख्या तीन गुणाले बढेको अमेरिकाले जनाएको छ ।

अमेरिकी कष्टम र सीमा सुरक्षा विभागले शुक्रबार दिएको जानकारी अनुसार, तस्करहरुले मेक्सिकोको सीमाबाट अमेरिका लैजाने क्रममा उनीहरु गिरफ्तार भएका हुन । उनीहरुले २५ हजार देखि ५० हजार अमेरिकी डलर लिएर अवैधरुपमा अमेरिका लैजाने गरेको विभाग(ले जनाएको छ ।

विभागका प्रवक्ताका अनुसार, ३० सेप्टेम्बरसम्म करिब ९ हजार अवैध अप्रवासी भारतीयहरु गिरफ्तार भएका हुन । गत वर्ष यसरी गिरफ्तार हुनेको संख्या ३ हजार १ सय ६२ रहेको थियो ।

विभागका प्रवक्ता जमोराका अनुसार, यो वर्ष अवैधरुपमा अमेरिका पस्न खोजेका ४ हजार जना क्यालिफोर्नियासँग जोडिएको ३ किलोमिटर लामो सीमा फेन्समा घुसपैठ गरेका थिए ।

अप्रवासीहरुको अधिकारका लागि लड्दै आएका अधिवक्ताका अनुसार, अमेरिकामा शरण लिन खोज्ने भारतीयहरुमा अधिकांश तल्लो जातिका या अन्तर्जातीय विवाहका कारण ज्यानको धम्की पाएका बढी छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!