सुदूरपश्चिममा विपन जोखिम न्यूनिकरणको रणनीतिक कार्ययोजना बन्ने

सुदुर पश्चिम प्रदेशमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्वन्धि प्रदेश स्तरिय नीती तथा रणनीतिक कार्ययोजना वन्ने भएको छ ।

शुक्रवार धनगढीमा आयोजित प्रदेश स्तरीय विपत् जोखिम न्युनीकरण तथा व्यवस्थापन सम्वन्धि कार्यशाला गोष्ठीले विपत् व्यवस्थापन नीति तथा रणनीतीक कार्ययोजना वनाउन आवश्यक रहेको निष्कर्ष निकालेको हो ।

देश संघिय संरचनामा गइसकेकोले विपत सम्वन्धि नीतिहरु पनि त्यही अनुरुप वनाउदा सहज हुने विपद व्यवस्थापनको क्षेत्रमा लामो समय सम्म कार्यरत विज्ञ रामचनद्र न्यौपानेको भनाई छ । विपद विज्ञ न्यौपाने भन्छन “विपद् आउने पुर्व जानकारी नहुने तथा जुनसुकै बेला पनि आउन सक्ने भएकोले राज्य अग्रीम चनाखो हुनुपर्छ ।”

आन्तरिक मामीला तथा कानुन मन्त्रालयको आयोजना, कार्यतास नेपाल र मर्सीकोरको सहयोग तथा सामुदायिक विकास मञ्च (सिडिएफ) र नेपाल रेडक्रस सोसाइटी कैलालीको समन्वयमा आयोजित गोष्ठीमा सुदुरपश्चिमका नौ वटै जिल्लाका सरोकारवालाहरुको उपस्थिती रहेको थियो । गोष्ठीको सुदुर पश्चिम प्रदेशका आन्तरिक मामीला तथा कानुन मन्त्री प्रकाश शाहाले उद्घाटन गर्नु भएको थियो ।

गोष्ठीमा मुख्यमन्त्री कार्यालयका सचिव प्रदिपराज कडेल, आन्तरिक मामीला तथा कानुन मन्त्रालयका सचिव शंकर अर्यालले विपद्को क्षेत्रमा प्रदेश सरकारले गरिरहेका कार्यक्रमहरुको वारेमा पैस्तुती करण राखेका थिय । त्यस्तै, नेपाली सेना, नेपाल प्रहरि, शशस्त्र प्रहरि र रेडक्रस सोसाइटीका प्रतिनीधिहरुले पनि वपिद् सम्वन्धि प्रदेशको अवस्था र आ आफ्नो निकायबाट भइरहेका कार्यहरुको बारेमा जानकारी गरायका थिय ।

सुदुर पश्चिमका नौ वटै जिल्लाहरु वपित्का दृष्टिकोणले जोखिम युक्त क्षेत्र मानिन्छन । त्यसैले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्वन्धि यस प्रदेशले अलग्गै नीती रणनिती र कार्ययोजना यथासिघ्र वनाई कार्यान्वयन गर्नुपर्नेमा सहभागीहरुको जोड थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!