राज्य मन्त्री चौधरीले बालबालिकालाई दुध खुवाईन

काठमाडौं,असोज १४। कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री राम कुमारी चौधरीले स्कुलले बालबालिकाहरुलाइ दुध खुवाएर तेस्रो विश्व स्कुल दुग्ध दिवसको अवसरमा आयोजित कार्यक्रमको उदघाटन गरेकी छिन।

नेपाल डेरी एसोसिएशन ,दुग्ध बिकास संस्थान र केन्द्रिय पशुपक्षी पालन सहकारी संघको संयुक्त आयोजनामा त्रिरतन विद्यायालमा आयोजित कार्यक्रममा सबै नेपाली बालबालिकाहरुले एक गिलास स्वच्छ दुग्ध पिउन पाउनु पर्ने बताइन ।
दुग्धले साना नानिहरुको दिमागी क्षेमता वृद्धि गर्न मदत गर्ने भएकोले अति आवश्यक हो । तर सिमान्कृत बर्गका बालबालिकाहरु यस बाट बन्चित रहेका छन अब छिटै नै प्राइभेट सेकटर ,दुग्ध बिकास संस्थान र सरकार मिलेर सिमान्तकृत बालबालिकाहरुलाई नियमित दुग्ध खुवाउने बाताबरण बनाउने मन्त्री चौधरीको भनाइ छ।

त्यसको तयारीमा आफुलागेको र ५/६ ठाउँ बाट शुरवात गर्ने बताइन । दुग्धमा १ नं. प्रदेश आत्मनिर्भर भए सङ्गै हाम्रो देश छिटै नै आत्मनिर्भर हुने बताइन ।
नेपालमा बनेका दुग्ध बाट बनेका विभिन्न खानेकुराहरु बाहिर बाट ल्याएका भन्दा धेरै नै गुणस्तरीय रहेको समेत बताइन ।

डि.डि.सि.को घ्यु त झनै राम्रो छ। सिमाना नाकाहरु बाट भित्रिएका दुग्ध जन्य खानेकुराहरुमा धेरै नै मिसावट पाइएको र तेसमा रोक समेत लगाउने मन्त्री चौधरीको भनाइ छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!