चर्चित खेलाडी रोनाल्डोमाथि बलात्कारको आरोप

काठमाडौं, पोर्चुगलका प्रख्यात फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो संसारका चर्चित फुटबल स्ट्राइकरमा पर्छन् । पाँचपटक प्लेयर अफ द इयरको पुरस्कार समेत पाएका छन् उनले ।

 

तर अहिले भने उनका लागि समय खराब देखिन्छ । रोनाल्डोमाथि एकजना अमेरिकी महिलाले नौ वर्षपछि उनीमाथि निकै संगीन आरोप लगाएकी छिन् ।

ती महिलाका अनुसार, रोनाल्डोले सने २००९ मा उनीसँग दुष्कर्म गरेका थिए । जर्मन पत्रिका (Der Spiegel) ले ती महिलाको आरोप प्रकाशित गरेको छ ।

 

रोनाल्डोले भने उक्त आरोप आधारहीन भएको बताएका छन् । गलत समाचार प्रकाशन गरेकोमा पत्रिकाविरुद्ध कानुनी कार्वाही गर्ने समेत उनले बताएका छन् ।

पत्रिकामा प्रकाशित समाचार अनुसार, अमेरिकाको लास भेगासमा रोनाल्डोले ती महिलामाथि दुष्कर्म गरेका थिए । त्यसपछि रोनाल्डोले कार्टबाहिर नै यो मुद्दा हल गर्ने अनुरोध गरेका थिए । उनले यसका लागि महिलालाई २ लाख ७५ हजार डलर समेत दिएका थिए ।

 

कतिपयले त्यतिखेर पैसा लिएर चुप लागेको अवस्थामा अहिले आएर यो मुद्दा किन सार्वजनिक गरिएको भन्ने प्रश्न उठाएका छन् । यो प्रश्नमा महिलाका वकिलले उनले त्यतिखेर सिभिल गुनासो दर्ता गरेको बताए । रोनाल्डोले सजाय पाउनुपर्छ भनेर अहिले यो कुरा उठाएको उनले बताए ।

 

उता पत्रिकाले भने महिलाको आरोप प्रकाशन गर्नुअघि रोनाल्डो र उसको व्यवस्थापन पक्षसँग कैयनपटक यसबारेमा धारणा मागेपनि कुनै जवाफ नमिलेको दावी गरेको छ ।

पढ्नुस उक्त पत्रिकामा प्रकाशित पूर्ण समाचार

http://www.spiegel.de/plus/cristiano-ronaldo-kathryn-mayorga-und-dann-ist-er-auf-mich-drauf-a-00000000-0002-0001-0000-000159674385

कमेन्ट गर्नुहोस्

error: Content is protected !!