सिके राउतविरुद्ध गच्छदारको बोली– देश टुक्र्याउन खोज्ने कसैलाई पनि छोड्नुहुन्न

विराटनगर, असोज १३ । नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सिके राउतका गतिविधिलाई नियन्त्रण गर्नुपर्ने बताएका छन् ।

राष्ट्र विरोधी गतिविधि गर्नेलाई नियन्त्रण गर्नुपर्नेमा उनको जोड थियो ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले राष्ट्रिय खण्डता अक्षुण्ण राख्नु सबै राजनीतिक दलको कर्तव्य भएको बताए ।

नेता गच्छदारले राष्ट्र विरोधी गतिविधि गर्नेलाई कुनै किसिमको छुट दिन नहुने उल्लेख गर्दै वर्तमान सरकारले यस्ता गतिविधिमा लाग्नेलाई समयमै नियन्त्रण गर्न माग गरे ।

देशमा हत्या, हिंसा र बलात्कारका घटना वृद्धि भएकामा चिन्ता व्यक्त गर्दै उहाँले गृह प्रशासनले जनताको सुरक्षाको वातावरण सिर्जना गर्नुपर्ने बताए ।

संवैधानिक व्यवस्थाअनुसार उपसभामुख प्रतिपक्षले पाउनुपर्ने र यसको पालना सत्तापक्षले नै गर्नुपर्ने आवश्यकता औल्याउँदै यो विषय सर्वोच्च अदालतमा प्रवेश भैसकेकाले नेपाली काङ्गेसले त्यसको निर्णय पर्खिरहेको धारणा पनि उनले व्यक्त गरे ।

नेपाली काङ्ग्रेस र नेपाल लोकतान्त्रिक फोरमको समायोजन विद्यार्थी सङ्गठनबाट शुरुवात भएको बताउँदै आगामी दर्शै अगाडि दुबै पार्टीबीचको सहमतिअनुसार कार्य सम्पन्न हुनेबताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!