राजधानी घोषणाविरुद्ध अनिश्चितकालिन धनगढी बन्द, यातायात ठप्प, यात्रु अलपत्र

धनगढी, प्रदेश सरकारले कैलालीको गोदावरीमा सुदूरपश्चिम प्रदेशको राजधानी तोक्ने निर्णय गरेपछि धनगढीमा आन्दोलन शुरु भएको छ ।

नागरिक समाज संघर्ष समिती धनगढीको नाममा नेपाली कांग्रेस निकट कार्यकर्ता तथा समर्थकहरु बिहानैदेखि धनगढी बजार बन्द गराउँदै प्रदर्शनमा उत्रिएका हुन ।

धनगढी उप महानगरपालिकामा नेपाली कांग्रेसले मेयर पद जितेको थियो ।

मेयर नृप ओडले राजधानी गोदावरी राख्ने प्रस्तावको बिरोधमा अमर्यादित शैलीमा अभिव्यक्ति समेत दिएका थिए ।
आन्दोलनमा उत्रिएका समुहले आज बिहान देखि धनगढी बजार बन्द गराएका छन भने यातायातका साधनहरु सञ्चालन हुन दिएका छैनन ।

धनगढीको राजपुर, बोराडाडी, चटकपुर, ट्राफिक चौराहा, एलएनचोक, क्याम्पसरोड लगाएतका क्षेत्रमा बसेर काग्रेस कार्यकर्ताहरुले यातायातका सवारीलाई सन्चालनमा रोक लगाएका छन ।

सावारी साधन पुर्ण रुपमा ठप्प हुँदा बिभिन्न ठाउमा यात्रुहरु अलपत्र परेका छन ।

भारत मजदुरी गरेर चाडपर्ब मनाउन घर फर्किरहेका र शिक्षक सेवाको परीक्षा लेख्न पहाडी जिल्लाबाट धनगढी पुगेका बिभिन्न क्षेत्रमा अलपत्र परेका छन ।

बन्दकर्ताहरुले राजधानी सारेको बिरोधका आज धनगढी बजारमा कार्यकर्ताहरुले मोटरसाइकल र्याली समेत निकालेका छन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!