ज्योतिषी भन्छन्– दशैंमा बन्दैछ ग्रहहरुको महासंयोग, यी राशीको भाग्य चम्किने

घटस्थापनादेखि दशैंसम्मका हरेक दिन हिन्दू धर्मावलम्बीका लागि विशेष हुने गर्दछन् । हिन्दुहरुले दुर्गा भगवतीको पुजा गरेर यी दिनहरु मनाउने गर्दछन् ।

राशीफलमा विश्वास गर्नेहरुका लाग कस्तो छ त अक्टुबर महिना ?

मेश राशीः यो राशीका व्यक्तिहरुका लागि अक्टुबर महिनामा महासंयोग बनिरहेको छ । जसले गर्दा दुर्गाको विशेष कृपा पाइने देखिन्छ । घरको वातावरण शान्तिपूर्ण रहने र आउने समयमा पनि तपाईको परिवारमा निकै खुशीपूर्ण हुने देखिन्छ । जीवनमा धनसँग सम्बन्धित समस्या पनि हल हुन सक्छ ।

सिंह राशीः यो राशी भएको व्यक्तिहरुलाई अक्टुबरमा बनेको महासंयोगका कारण निकै फाइदा मिल्ने देखिन्छ । अहिलेसम्म बिहे नभएकाहरुका लागि विवाहको राम्रो प्रस्ताव अउन सक्छ । जीवनसाथीबाट उपहारपाइन सक्छ । कसैसँग नयाँ प्रेम बस्न सक्छ । कार्यक्षेत्रमा पनि बाधाहरु हटने देखिन्छ ।

कन्या राशीः यो राशी भएकाहरुका लागि यो समय उत्तम हुने देखिन्छ । पे्रममा रहेकाहरुबीच कुनै समस्या या असहमति भए हटने देखिन्छ । आर्थिक योजना सफल हुने र व्यापारीहरुका लागि भारी धनलाभको योग छ ।

वृश्चिक राशीः यिनीहरुका लागि यो समय राम्रो छ । जरुरी काम पुरा गर्न सक्नुहुन्छ । विद्यार्थीका लागि शिक्षामा सफलताको योग छ । सामान्यतः खर्च गर्दा सावधानी अपनाउनुपर्ने देखिन्छ । घरमा बृद्द व्यक्ति भए यो समय उनीहरुको सेवा गर्नुभयो भने त्यसको फल भविष्यमा निकै राम्रो पाइनेछ । श्रीमती या प्रेमिकालागि राम्रो उपहार किन्नुहोला ।

कुम्भ राशीः यो राशीका व्यक्तिहरुका लागि दुर्गा माताको विशेष कृपादृष्टि देखिन्छ । कारोबारीका लागि उत्तम समय छ । कार्यक्षेत्रमा केही परिवर्तन हुने देखिन्छ । लामो समयदेखि रोकिएका कार्य पुरा हुने छन् । परिवारलाई समय दिनुपर्ने देखिन्छ ।

वृष राशीः यो राशीका लागि भने समय ठिकठिकै छ । तपाईको मेहनतबाट उच्च अधिकारी प्रशन्न हुने छन । यद्यपी कार्यक्षेत्रमा निकै सोचविचार गरेर मात्रै निर्णय लिनुहोला । जीवनसाथीका तर्फबाट तपाईको जिम्मेवारी बढ्न सक्छ । सकारात्मकरुपमा सोचेर अघि बढ्नु होला ।

मिथुन राशीः यो राशीका लागि त्यति सहज समय छैन । रोजगारीको खोजीमा रहेकाहरुका लागि सफलताको सम्भवना अलि कम भएकोले निराशा भन्दा आशावादी बनेर भविष्यको योजना बनाउनु होला । कुनै काम अधुरो रहेपनि त्यो भविष्यमा पुरा हुने देखिन्छ । नयाँ कारोबार गर्ने मन बनाउँदा राम्रो हुन्छ । घरपरिवारबाट सोचेजस्तो सहयोग नपाउन सक्नुहुन्छ । तर निराश नहुनुस् । प्रेममा सोच विचार गरेर अघि बढनुहोला ।

कर्कट राशीः यो राशीका लागि आउने समय चुनौतीपूर्ण हुनसक्छ । साथीभाईको सहयोग पाइने छ । तर व्यापार व्यवसायमा समस्या देखिन सक्छ । जीवनसाथीसँग राम्रो सम्बन्ध राख्नुस् । केही उपहार र घुम्ने योजना बनाए उत्तम । लामो समयदेखि तपाईले केही परोपकारी काम गर्ने सोच्नु भएको छ, त्यो कार्यान्वयन गर्न खोजे राम्रो ।

तुला राशीः नयाँ कारोबार गर्ने सोच्नु भएको छ भने एकपटक त्यसका सबै पक्षको बारेमा पुनर्विचार गर्नुस् । लगानी गर्नुअघि सोचविचार गर्नुहोला । घरमा पाका सदस्यहरुको कुरा सुन्दा राम्रो होला । नातेदारहरुसँग मन नमिल्न सक्छ । तर कसले के भन्छ भन्ने भन्दा पनि आफूलाई के गर्दा राम्रो हुन्छ सोच्नुहोला । जीवन साथीले कुरा बुझिनन् भनेर निराश नहुनुहोला । तपाईको आगामी दिन सुखद देखिन्छन् ।

धनु राशीः यो राशीका व्यक्तिका लागि समय राम्रो छ । खानपीनको बानीमा भने सुधारगर्नुपर्ने देखिन्छ । स्वास्थ्यमा समस्या देखिन सक्छ । सन्तानका तर्फबाट कुनै सुखद समाचार पाइन सक्छ । पैसाको उपयोग सोचविचार गरेर मात्र गर्नुहोला । आकस्मिक धन लाभ या धन हानीको सम्भावना छ ।

मीन राशीः यो समय तपाईका लागि उत्तम छ । तर तपाईको पछाडि कुरा काटनेहरु सक्रिय हुन सक्छन् । त्यसैले सोचबिचार गरेर काम गर्नुहोला । परिवारमा सुखद वातावरण बन्ने देखिन्छ । केही नयाँ काम अघि बढाउँदा राम्रो हुन्छ । लगानी गर्दा होस पुर्याउनुहोला ।

मकर राशीः आउने समय राम्रो देखिन्छ । तपाईले भावुकतामा निर्णय लिने कुरामा सजगता अपनाउनुपर्ने देखिन्छ । सामान्य खर्चमा बढोत्तरी भएपनि माता दुर्गाको कृपाले तपाईको मन प्रसन्न हुने छ । आफन्तहरुसँग रमाईलोगरी समय बित्ने छ । सन्तानबाट सुखद समाचार सुन्न पाइने छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!